मोना कुवेतको आयोजनामा इद छुट्टीको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना हुदै

परदेशी खबर / अगष्ट ४. कुवेतl म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर महाबुलाको खेल मैदानमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले तितोपाटी लाई जानकारी दिएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका भलिबल खेल प्रमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो । मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ ।

भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन । कुवेतमा कार्यरत खेल प्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालिहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।

 

खेल सम्बन्धि थप जानकारीहरु :-
खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ ।
– टिम दर्ता अन्तिम मिति – ११ अगष्ट २०१९ बेलुका ४ बजे सम्म ।
– खेल संचालन – १२ र १३ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ ।

खेलका नियमहरु
१. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
२. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
५. खेल नकाउटको आधारमा खेलाइने छ ।
६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।

सम्पर्कको लागि :-
वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
प्रकाश सुन्दास – ९४१९७४५६
खेम परियार – ६५५१९११६
याम थापा मगर – ६०७८३२३३
अर्जुन चोखाल – ६००५६८०३
रन रसाइली – ६५१२४२०५
जस घताने
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस