एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन भव्यरूपमा सम्पन्न

परदेशी खबर / अगष्ट ३, कुवेत। हिजो अगष्ट २ तारिक शुक्रबरको दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन आइसीसी सचिवको उपस्थितिमा भब्य रूपमा सम्पन्न भएको छ ।

कुवेत सिटी स्थित INN & GO Kuwait Plaza Hotel को सभा हलमा आज शुक्रबार आयोजित महाधिवेशन एक समारोह विच सुजन केसिको नेतृत्वमा नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै सम्पन्न भएको हो ।

महाधिवेशन कार्यक्रमका संयोजक हरि लावति रहेको उक्त कार्यक्रममा एनसीसी कुवेतकी कार्यवाहक अध्यक्ष तथा सुमित्रा देवी पाैडेलको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव डिबी क्षेत्री, गैरआवासीय नेपाली संघका मध्यपुर्व संयोजक आरके शर्मा तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका काउनसिलिङ सदस्य राजु सैयदको विशिष्ट अतिथ्यता, पुर्व अध्यक्षहरू राजेन्द् तामाङ, अर्जुन तामाङ र आइसीसी सदस्य अमित चाम्लिङ राईको विशेष आतिथ्यता एवं कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी-प्रतिनीधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी, खेलाडी,साहित्यकार, खेलाडी लगायत महाधिवेशन प्रतिनीधिको रूपमा रहेका पञ्जिकृत सदस्यहरूको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रम दीप प्रज्वलन गरेर शुरू भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, विशिष्ट अतिथिहरू आइसीसी सचिव डिबी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्मा, आइसीसी सदस्य राजु सैयद, आइसीसी सदस्य अमित चाम्लिङ राई, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्याैपाने, जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, वुद्धिजीवि तोयानाथ दाहाल, प्रवासी नेपाली एकता मञ्चका राज कुमार थापा, नेपली जन-सम्पर्क समितिका माधव शर्मा तथा समाजवादी पार्टीका निर्मल स्याङतानले मन्तव्य राखेका थिए । वक्ताहरूले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि अहिले सम्म आइपुग्दा प्राप्त गरेका उपलब्धी तथा आगामी दिनमा चुनाैतीका रूपमा रहेका विषयवस्तुलाइ सम्बोधन गर्दै श्रमिक हक हित अनुकुल कसरी बनाउँदै लैजाने भन्ने विषयमा आ-आफ्ना विचारहरू राखेका थिए ।

एनसीसीका पुर्व अध्यक्ष तथा संरक्षक राजेन्द्र तामाङको स्वागत तथा निवर्तमान महासचिव तथा कार्यक्रम संयोजक साथै नव निर्वाचित प्रथम उपाध्यक्ष हरि लावती र पुर्व आइसीसी सदस्य तथा नवनिर्वाचित एनसीसी अध्यक्ष सुजन केसिको संयुक्त संचालनमा सम्पन्न छैटाैं राष्ट्रिय महाधिवेशनमा महासचिव हरि लावतीले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष हर्क बहादुर मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

हलमा उपस्थित महाधिवेशन प्रतिनीधिहरूको रोहबरमा राष्ट्रिय समन्वय परिषदको विधान समेत संशोधन गरिएको उक्त कार्यक्रमा  उपस्थित महाधिवेशन प्रतिनीधि एवं पाहुनाहरूको उपस्थिति शुरूदेखि अन्त्यसम्म उत्तिकै उत्साहजनक र शिष्टपुर्ण रहेको थियो ।

उद्घाटन सत्र र निर्वाचन सत्र गरि दुइ चरणमा विभाजित कार्यक्रममा उद्घाटन सत्रलाइ कार्यक्रमकी सभाध्यक्षले समापन गरे लगत्तै शिब प्रसाद कोइरालाको नेतृत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यकालको लागि सर्व सम्मतिले निर्वाचित भएका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूको नाम घोषणा गरी निर्वाचन समितिको तर्फबाट खादा र प्रमाण पत्र प्रदान गरिएको थियो भने नव निर्वाचित पदाधिकारीहरूलाइ मध्यपुर्व संयोजक आरके शर्माले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

एनसीसी कुवेतको आगामी कार्यकालको लागि उपाध्यक्ष पद बाहेक सम्पुर्ण पदहरूमा पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए भने उपाध्यक्ष पदको एक सिटको लागि ३ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिए पछि बाँकी रहेका २ जना बिच १-१ वर्षे कार्यकाल काम गर्न सहमति भएपछि निर्वाचन समितिले गोलाप्रथाद्वारा पहिलो वर्ष काम गर्ने र पछिल्लो वर्ष काम गर्ने उपाध्यक्ष चुनेको छ।

छैटाैं राष्ट्रिय महाधिवेशनबाट २०१९-२०२१ कार्यकालको लागि नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छ।

आइसीसी सदस्यः अमित चाम्लिङ राई

अध्यक्षः सुजन केसि

प्रथम उपाध्यक्षः हरि लावती

महिला उपाध्यक्षः अमृता बान्तवा

उपाध्यक्षः होम नाथ गिरी

उपाध्यक्ष: राणा ध्वज लामा

महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)

सचिवः जिबन कुमार बिक, माधव शाही

कोषाध्यक्षः हर्क बहादुर मोक्तान

सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ

युवा संयोजकः नबराज पराजुली

महिला संयोजकः रमिता योञ्जन

महिला सह संयोजकः माया राई

सदस्यहरु

उमेश पुडासैनी

बम बहादुर बिष्ट

दामोदर बटाला

देबी बहादुर सुनुवार

प्रकाश राई

माधव पौडेल

गीता गुरुङ

प्रदिप कार्की

मनोज ढकाल

दल बहादुर बस्नेत

सोनाम लामा

जिबन सुनार

अनुशा राई

ध्रुब कुमार कार्की

प्रेम प्रसाद गुरुङ

मोहन कुमार पौड्याल

गोविन्द न्यौपाने

Photo by Suresh Gurung






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस