चीन सरकारले १०० दिनसम्म राष्ट्रवादी कार्यक्रम मात्र चलाउन टीभीहरूलाई दियो निर्देशन


काठमाडौं ,१७ साउन । चीन सरकारले लोकप्रिय धारावाहिक र ऐतिहासिक शृंखलाहरूमाथि १०० दिनका लागि प्रतिबन्ध लगाएको छ ।

बिहीवारदेखि लागू हुने गरी जारी गरिएको आदेशमा देशभरिका टीभी प्रसारकहरूले देशभक्तिपूर्ण र राष्ट्रवादी शोहरू मात्र देखाउन पाउनेछन् । अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा कम्युनिस्ट पार्टीले तयारी गरिरहेको हुँदा यस्तो आदेश आएको हो ।

८६ वटा राष्ट्रपति टीभी शृंखला बाहेक अरू केही पनि शृंखला टीभी स्टेसनहरूले देखाउन पाउने छैनन् ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले यो निर्देशन जारी गरेको हो । उक्त संस्थाले रेडियो, टेलिभिजन र इन्टरनेटबाट प्रसारण हुने सबै सामग्रीको अनुगमन गर्ने गरेको छ ।

नोटिसमा मनोरञ्जन अधिकारीहरूले प्रमुख टीभी शृंखलाको १०० दिने प्रदर्शन सूची जारी गर्ने योजना बनाएका छन् ।

तीन महिने देशभक्तिपूर्ण टीभी अभियानको विरुद्ध जाने कुनै पनि मनोरञ्जनात्मक सामग्री प्रसारण गर्न नपाइने बताइएको छ ।

एजेन्सी






Related Posts
  • अन्तर्राष्ट्रिय नेपाली समाज युएईले राहत खाद्यान्न सामग्री बितरण
  • कोरोना भाइरस बारे युएईको पछिल्लो जानकारी
  • ९३ वर्षको उमेरमा लाटा सार्कीले पाए नागरिकता
  • समाजसेवी दुर्गा गुरुङ द्वारा फोनिज गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७१६ ,संक्रमित संख्या ५०,८५७ र संक्रमित ३ जनाको मृत्यु

    थप २३२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ४९ हजार ३०३ सङ्क्रमित, ६३१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस