चमत्कार चीनको,बनायो शीशाको ५५० मिटर लामो वाटर स्लाइड

काठमाडौं १७,साउन। चीनका इन्जिनीयरहरूले गुइझु प्रान्तमा ५५० मिटर लामो शीशाको वाटर स्लाइड बनाएका छन् ।

उक्त स्लाइड जंगल हुँदै ३२८ फीटको उचाइमा पुग्छ र जमीनतिर पुग्छ ।

पर्यटकहरू यो विशाल स्लाइडमा पानीमा चोपलिँदै रमाउन सक्ने स्लाइडका सञ्चालकले बताए । उनले यो स्वस्थ, सिर्जनात्मक र रमाइलो रहेको दाबी गरे ।

शीशाको पिँध भएको स्लाइड बनाउन ७० लाख युआन खर्च गरिएको छ । यो होङ्गुओशुको सुन्दर स्थलमा अवस्थित छ ।

कुल १० वर्गकिलोमिटरमा फैलिएको यो ठाउँ झरना र चुनका ठूला गुफाका लागि प्रख्यात छ ।

त्यसै ठाउँनजिक १२८ मिटर लामो शीशाको पिँध भएको पुल अघिल्लो महिनाबाट सञ्चालनमा आएको छ ।

पर्यटकहरूले पुल र शीशाको वाटर स्लाइडको आनन्द लिनका लागि कम्बो टिकट किन्न पाउनेछन् ।

एजेन्सी






Related Posts
  • जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै
  • ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

    ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस