अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता गर्ने सम्झौता हुन लाग्दै

काठमाडौं, १७ साउन । ट्रम्प प्रशासनले अफगानिस्तानबाट हजारौं अमेरिकी सैनिकहरू फिर्ता बोलाउने तयारी गरेको छ । १८ वर्षसम्म चलेको द्वन्द्व अन्त्य गर्नका लागि तालिबानसँग शान्ति सम्झौता गर्नका लागि सैन्यफिर्ती गरिन लागेको हो ।

सैन्यफिर्तीको बदलामा ह्वाइट हाउसले तालिबानबाट धेरै किसिमका अपेक्षा गरेको छ । युद्धविराम गर्नुपर्ने अनि अलकायदालाई त्याग्नुपर्ने शर्त अमेरिकाले तालिबानसमक्ष राखेको अमेरिकी अधिकारीहरूले बताए ।

शान्ति सम्झौता अनुसार, उक्त क्षेत्रमा रहेका अमेरिकी सैनिकको संख्या १४ हजारबाट घटाएर आठ वा नौ हजारमा झारिनेछ ।

ह्वाइट हाउसका अधिकारीहरूले तालिबानसँग आठ चरणको वार्ता गरिसकेका छन् । वार्ताको नेतृत्व अफगानिस्तानमा जन्मेका कूटनीतिक प्रतिनिधि जाल्मे खलिलजादले गरेका छन् ।

खलिलजादले गरेको भविष्यवाणी अनुसार, तालिबानसँग अर्को चरणको वार्तामा प्रारम्भिक शान्ति सम्झौता गरिने सम्भावना छ । यसै सातामा कतारमा अर्को चरणको वार्ता हुँदैछ ।

सेप्टेम्बर महिनामा हुने अफगानी राष्ट्रपतीय चुनावअघि सबै कुरालाई अन्तिम रूप दिने आशा खलिलजादले गरेका छन् । तर सैन्य फिर्तीअघि ठूला चुनौतीहरू कायमै रहेको उनले चेतावनी दिए ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सम्झौतालाई अन्तिम रूप दिने काम सम्पन्न हुने विषयमा टिप्पणी गर्न अस्वीकार गरे तर शान्ति प्राप्त हुने विषयमा आशावादी रहेको बताए ।

एजेन्सी






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस