बाढीले चार सीमा स्तम्भमा क्षति, ६ वर्षमा ३ हजार ७ सय निर्माण

काठमाडौं, १७ साउन । यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो । नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ ।

सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ । नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माण र मर्मत भएको पनि विभागले जनाएको छ ।

सीमा स्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन् । सन् १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल र भारतको नक्साअनुसार ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ भएको पत्ता लगाएको थियो । जसमा २ हजार १ सय ५ नदी क्षेत्रमा र ३१ वटा नदी किनारमा छन् ।

यस्तै, भूमि क्षेत्रमा ६ हजार ४ सय १८ वटा सीमा स्तम्भ छन् ।

सन् २००७ मा नेपाल–भारतबीच सीमा विवाद समस्या देखिएपछि सन् २०१४ सम्म नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएको थियो ।

सम्बन्धमा सुधार आएसँगै सन् २०१४ मा तेस्रो संयुक्त आयोग गठन गरेर संयुक्त सीमा सर्वेक्षण कार्यलाई निरन्तरता दिइएको थियो ।

लामो समयदेखि संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएपछि सीमा क्षेत्रका धेरै स्तम्भमा क्षति पुगेको पाइएको थियो । नापी विभाग नक्सा शाखा अधिकृत दयानन्द जोशीले सीमा स्तम्भ निर्माण कार्यक्रम अन्य क्षेत्रको निर्माणजस्तो नभएको बताए ।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस