आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

स्वस्तिमा र निश्चललाईआदर्श जोडीको सम्मान

परदेशी खबर १७ श्रावण २०७६, शुक्रबार ०१:५२ मा प्रकाशित ( ४ साल अघि) १४८ पाठक संख्या

परदेशी खबर/ काठमाडौं : नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रूपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुला चौरमा आयोजित तीनदिने तीज माइती मेला– २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै उनीहरूलाई सम्मान गरिएको हो ।

श्रीमान् श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफलसमेत बनेको जोडीलाई हरेक वर्ष तीज कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको आयोजक संस्था ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मीनाकुमारी रिमालले बताइन् । सात वर्षदेखि हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस वर्षदेखि ‘सबैको लागि मनोरञ्जन र उत्सव’ भन्ने उद्देश्यसहित खुल्ला रूपमा मेलासहित निःशुल्क सरु भएको रिमालले बताइन् ।

तीज माइती मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख अतिथि थिए भने प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी विशिष्ट अतिथि थिए । कार्यक्रमा मेयर महर्जनले यस प्रकारका कार्यक्रमले नेपालको सांस्कृतिक महŒव जोगाइराख्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमा ललितपुर महानगरपालिकाकी उपमेयर, कलाकारलगायतको उपस्थिति तथा प्रस्तुति रहेको थियो ।

तीज मेलाको आयोजना ललित ब्युटिसियन बहुउद्देश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।