आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा वर्षदिन देखि सम्पर्क बिहिन खोटाङका धुर्वकुमारी राई, खोजीको लागि परिवारको अाग्रह

परदेशी खबर १६ श्रावण २०७६, बिहीबार १६:०५ मा प्रकाशित ( ४ साल अघि) ३५४ पाठक संख्या

धुर्वकुमारी राई

परदेशी खबर/ जुन १ ,कुवेत ।  तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्वकुमारी राई वर्षदिन देखि सम्पर्क बिहिन भएकोले  परिवारले खोजीको लागि आग्रह गरिएको छ।

घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई  २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक  वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । वैदेशिक रोजगारीको लागि  गएकी दिदी बेपत्ता भएपछि भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् । 

तस्विरमा देखिएकी धुर्ब कुमारी राईलाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेत:- 98869121 मा खबर गरिदिनु होला ।

माधव शाहीको सहयोगमा तयार समाचार