वर्तमान सरकार समाजवाद बाटो बिराएकै हो त ?

लेखक जयनारायण थारु

 

समाज र देश बिकासको लागि राजनीतिक सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो,तर राजनीतिमा समाज र देश प्रतिको प्रेमभाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीतिक भ्रष्ट भएको छ, बिकृति र बिसङ्गती बढेको छ । नीतिहरुको मूल नीति राजनीति देश र जनताको हितमा गरिने आधार स्तम्भ हो । जबसम्म राजनीतिमा सेवाभाव, त्याग समर्पण , बलिदानि , इमान्दारी, सदाचारी र सादगी अनुशासन हुँदैन तवसम्म राजनीतिले सहि गति लिन सक्दैन । यी सबै कुराको अभावमा नेपाली राजनीतिले अहिले गतिहिन अवस्थामा छ । त्यसैले राजनीतिमा अवसरवाद , परिवारवाद नातावाद ,कृपावाद , अप्राधिकरण र अपराधको राजनीतीकरण भैरहेको छ । राजनीतिमा भ्रष्टाचार, व्यभिचार र अपराध बढिरहेको छ !

कतिपय साथीहरु लाई लाग्न सक्छ !खालि नकारात्मक कुराको टिप्पणी मात्र गर्छु , राम्रो कुराको चर्चा परिचर्चा कहिल गर्दिन होला भनेर – देशमा नेपाली जनताको बलिदानी त्याग तपसयले नै ब्यवस्था परिवर्तन सँगै सम्पुर्ण नेपाल र नेपालीको अधिकारहरुलाई गुम्न दिनु हुदैन भनेर जनताको केहि हदसम्म अधिकार समपन्न गराउनु पर्छ !भनेर हजारौ बाह्या दवाव र हस्तक्षेप बाबजुत पनि नेपालमा सङ्घिय लोकतान्त्रिक गन्तन्त्रको संबिधान घोषणा भयो ।जुन कुरा दक्षिणको छिमेकीलाई पाच्य भएको थिएन , संबिधानमा धेरै असन्तुष्टहरु छन होला त्यो आफ्नो ठाउँमा छ ! त्यहि संविधानको जगमा टेकेर नेपालको राज्य सत्तामा सङ्घिय लोकतान्त्रिक गणतन्त्रको प्रथम प्रधानमन्त्री केपि शर्मा ओली आसिन थियो ! संविधान प्रतिको असन्तुष्टिको बदला लिन छिमेकी राष्ट्र भारतले तत्काल नेपाल माथि नकाबन्दी गर्यो , देश एक त भुकम्पको मार र अर्को नाकाबन्दीको मारबाट गुज्रीरहँदा हाम्रो प्रधानमन्त्रीको दिल्ली भ्रमणको निम्तो आउदा तत्काल नकाबन्दी हटाएपछि मात्र भ्रमण गर्छु भनेर देश जनता र राष्ट्र पक्षमा अडान लिँदा नेपाली जनताको छाती गर्वले चौडा र सम्मान गर्दै गुनगाण गर्ने यहि नेपाली जनता नै हुन ! त्यति बेला नेपाली जनताले खोजेको जस्तो प्रखर देश र जनताको हितमा उत्रिने राष्ट्रवादी नेताको उपमा दिइएका थिए । त्यहि कट्टर राष्ट्रवादीको छवि देखेर नै नेपालि जनताले फलस्वरुप प्रतिनिधि सभाको चुनावमा आफ्नो म्यान्डेट दिएर अर्को कार्यकालको लागि दुईतिहाईको अभिमत दिएर साशन सता सुम्पीदिइएको हुन ! सरकारमा पुग्ने बितिकै तत्कालीन प्रधानमन्त्री र विभागीय मन्त्रीहरुले गरेको सेन्डिकेट , सुन तस्करी र निर्माण कम्पनीको विरुद्धमा सरकारले कारवाहीको संखघोष गर्दा साच्चिकै लागेको थियो बल्ल हाम्रो देशमा दुईतिहाईको सर्वहरा वर्गको शाशन सत्ता नेपालमा आयो भनेर !तर नेपाली जनता कति अभागी त्यो आशा धेरै दिन रहेन । नेपाल सरकार कति सम्म निरहि कमजोर बन्न सक्यो , दुईचार जना गाड़ी साहु , दुईचार जना सेन्डिकेट धारी, दुईचार जना सुन तस्करी ,दुईचार जना निर्माण कम्पनीका मालिकको गोडामा लम्पसार पर्ने काम गर्दा नेपाली जनताको आशा र भरोसा क्षणीक दिन मै तुहियो!

भ्रष्टाचार नियन्त्रण गर्ने संस्था अख्तियार स्वयं नै भ्रष्टाचारीको नियन्त्रणमा भएपछि र बिभिन्न कालो कर्तुत तथा आरोप लागेको , देशको संवेदनशील कुरामा जालझेल गरेकोलाई पदक बितरण गर्ने सरकारलाई कसरी समर्थन गर्न सकिन्छ नेपाल र नेपाली जनताले । देशको दिन प्रति दिन दसगजामा रहेको सिमा स्तम्भ सारिदै छ , लिपुलेख कालापानी जस्ता अनगिन्ती ठाउँहरु नेपालको नक्साबाट हराउदा पनि नेपाल र नेपाली जनताको स्वाभिमानमा चुइक्क बोल्न नसक्ने , निन्दा गर्न नसक्ने र मोदि महाराजको भ्रमण हुँदा नेपालको कुटनितिकमा,भारतिय सेना नेपालको अन्तरराष्ट्रिय विमानस्थलमा परेड खेल्दा नेपाली सेनाको अस्मितामा माथि नै प्रश्न उठाउँदा पनि आफ्नो कायरताको प्रदर्शन गर्ने सँग नेपाली जनताले के आशा गर्ने ? देशमा दिन प्रतिदिन भ्रष्टाचारमा ,चोरि डकैति , लुटपाट ,हत्या , हिंसा, बलात्कार घटना हरु मौलाएका छन , देशमा कानुनि राज्यको प्रत्याभुत गर्न पाएको छैन , निर्मला पन्तको बलात्कारी अझै पत्ता लाग्न नसक्नु जनताले तिरेको करलाई हरेक ठाउँमा दोहन भएको छ ।बजेटको नाममा राज्यको पैसा दोहन भएको छ । असारे बिकासको काम रोकिएको छैन , स्वास्थ्य , शिक्षा क्षेत्रमा रोजगारी क्षेत्रमा , कृषि क्षेत्रमा , पर्यटन क्षेत्रमा प्रगति हुन नसक्दा अवस्था नाजुक छ , आर्थिक स्तरमा नेपाली जनतालाई माथि उठाउन सकेको छैन । विभिन्न बिध्यमान देशको अर्थतन्त्र बढेको छ भनेर आँकालन गर्छ तर ति अर्थतन्त्र कसरी बढ्यो भनेर थाहा छैन, नेपालको नेतृत्वमा बसेकोलाई ! त्यो अर्थतन्त्र तपाईं हामी जस्तो ५० औ लाख युवाको रेमिट्यान्स पठाएको करबाट बढेको हो ! तर जुन विदेशिएका युवाहरुले देशको आर्थिक कार्यभार धानेको छ , त्यहि नेपाली युवा विदेशमा आफ्नो पसिनाको कमाई बाट नै आफ्नो घरमा एकाइसौ सताब्दिको प्रविधिहरु भित्राउन सफल छन ,जस्तै मोबाईल ,एलसिडि एलइडि , क्यामरा , आदि आदि ! जब नेपालको अर्थतन्त्रको आधा भन्दा बढि हिस्सा नेपाली परदेशीएको युवाको रेमिट्यान्सले धानि रहेको जगजाहेर हुँदाहुँदै पनि विदेशबाट आफ्नो देश फर्किने बेलामा घर परिवारको लागि लगिदिएको उपहारमा गिद्धेनजर छ ,जब कि तस्करीहरुको टन को टन सुन छिरेको हेर्दैन अन्धो सरकारको प्रसासन ! अनि कसरि विश्वाश गर्ने नेपाली जनताले बर्तमान शासन सता सँग !
हामीले स्थापित गर्नुपर्ने एउटा मान्यता समावेशिता हो / संसाद समाज र देशको ऐना बन्न सक्नुपर्छ र समाजमा उपस्थित आवाजहरुले सदनमा आफ्नो प्रतिनिधित्व पाउनु पर्छ ! अहिलेको सदनमा अपावाद बहेक कुनै निश्चित समुदाय, वर्ग वा लिंगलाई जनसंख्याको अनुपातमा समेट्न सकेको छैन भने अव ती समुदायहरू कसरी अट्न सक्छन त्यतातर्फ ध्यान दिनुपर्छ।

अर्को मान्यता नेपाली जनताले म्यान्डेट दिएर पठाएको जन-प्रतिनिधि निर्णायक भूमिका जनताको आवाज बुलन्द गराउने र जनतालाई सर्वे सर्वा ठानेर आफ्नो कर्तव्यको पालना गर्नु पर्छ भन्ने हो। तर यसको ठिक बिपरित समानुपातिक प्रणालीको नाममा जनतालाई कमजोर बनाउने अभ्यास नेपालमा मात्रै भएको छ। आउँदा दिनमा जनतालाई नै निर्णायक भूमिकामा राख्नुपर्छ। देश भित्रको जनता शक्तिशाली भएमात्र लोकतन्त्र सार्थक हुन्छ। जनताले जन-प्रतिनिधि चुन्न गुण दोष जाँचेर जन-प्रतिनिधिको निम्ति लडेको राजनितिक कर्मिहरुलाई पुरष्कृत वा दण्डित गर्न पाउनुपर्छ। अन्यथा सांसद संधै जनताप्रति उत्तरदायी हुन्छन भन्ने विश्वास गर्न सकिन्न!

संविधानको प्रतावनामा समाजवाद उन्मुख ब्यवस्था लेख्दैमा समाजवाद आउदैन !यसरि आउने भए समाजवाद किन साम्यवाद नै लेखिन्थ्यो होला ! समाजवाद भनेको एउटा संघर्ष हो, समाज र देशलाई सम्मुनत बनाउने उत्तम दिशा हो, जहाँ उत्पीडित , पिछाडीएका ,अशिक्षित , वर्गलाई राजनीतिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा , समाजिक रुपमा , पहिचानको अधारमा अधिकार सम्पन्न गर्नुपर्छ, श्रेष्ठ बनाउनुपर्छ । चुनावको बेलामा वा अरु बेलामा दलाल पुजिपति हरुसँग आर्थिक सहयोग ,चन्दा लिएर जनताको प्रतिनिधि बन्छन भने – उनीहरूकै इसारामा कठपुतली झै फनफनि नाचेर सबै गतिविधि गरेर देशमा पनि कहाँबाट समाजवाद आउछ त ?
वर्तमानमा तीन तहको सरकार जनताको घरदैलोसम्म विस्तार छ , पहिचानको राजनीति, सार्वभौम मुलुकलाई एकै ठाउँमा ल्याउने नयाँ प्रयोग, द्वन्द्वपछिको समयमा स्थिर सरकार बनाउने उपायको खोजी, समावेशिता, सहभागिता, प्रतिनिधित्व तथा निर्णय प्रक्रियामा निर्णायक भूमिका, स्वायत्तता, आत्मनिर्णको अधिकार, लोकतन्त्रको संस्थागत विकास, कानूनी शासन, विकासको एक उत्कृष्ठ मोडेल, समृद्धि र विकासको गन्तव्यमा पुग्न एक साधन हो , यहि नै संघीयताका मुलभुत विषेषताहरु हुन्!

संघात्मक शासन प्रणाली वास्तवमा जनतालाई क्षेत्रीय तथा स्थानीयस्तरमै स्रोत, साधन र शक्तिमा सहभागी गराई शक्तिको विभाजन गर्ने प्रक्रिया हो । यस्तो किसिमको अधिकारलाई जनताको आत्मनिर्णयको अधिकार पनि भन्ने गरिन्छ । जसलाई विकासको अधिकार भनिन्छ । संघात्मक प्रणालीमा राज्य छुट्टिने अधिकार आत्मनिर्णयमा पर्दैन । जनता स्थानीय स्तरको सरकारमा भाग लिई देशको राजनीतिक, आर्थिक मूल प्रवाहमा सहभागी भई सामाजिक र आर्थिक एवं राजनीतिक विभेदको अन्त्य गर्ने प्रयास गर्दछन् । स्थानीयस्तरको स्रोत साधनको बढी मात्रामा उपयोग गराई स्थानीय स्रोत साधनको उपयोग र उपभोग गर्न स्थानीय तहमा नै जनतालाई आत्मनिर्णय गर्ने अधिकार प्रदान गरिन्छ । भौगोलिक बनावट,सामाजिक तथा सांस्कृतिक ढाँचा, क्षेत्रीय, जातीय, जनजातीय, दलित, मधेशी, महिला, अल्पसंख्याकको इच्छा, आकांक्षा परिपूर्ति गर्न नेपालमा सङ्घीय शासन प्रणाली नै बढी उपयुक्त हुन्छ !तर अहिले ठिक बिपरित – वास्तविक सिमान्कृत वर्ग भित्र दलित, महिला, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति ,खस आर्य, आदिवासी जनजाति राजनितिक दलको प्राथमिकतामा नपर्नु विडम्वना नै मान्नुपर्दछ!!

सरकारमा भएकाहरु व्याक्तिगत स्वार्थ, आर्थिक लाभ र विभेद्को मानसिकता , आसेपासे पोस्ने प्रवृति , नातावाद ,कृपावाद ,अवसरवाद , बिलासिता जिवन नत्यागेसम्म समाजवादको अनुभुति गर्न नपाउने जनताको ठम्याइ छ ।

 

सर्वाधिकार लेखकमा






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस