कक्षा १२ काे नतिजा सार्वजनिक

साउन १३,काठमाण्डौ। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।

यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए, ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० जीपीए, १९ हजार जनाले १.२१ देखि १.१६० जीपीए, ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० ल्याएका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका बोर्डले जनाएको छ ।

५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । गएको वर्षदेखि बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गर्न थालेको हो ।

यसरी हेर्न सकिन्छ नतिजा :

वेबसाइटहरु

राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमको वेबसाइट : www.neb.ntc.net.np

इयुजोनिक्स एजुकेसन प्रालिको वेबसाइट : www.edusanjal.com

एसएमएसबाट

नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी १६०० मा एसएमए‍स गर्ने ।

जानकी टेक्नोलोजिको ३५००१ मा एसएमएस गर्ने तरिका : NEB लेखेर एक स्पेस दिने र सिम्बाेल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्ने ।साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस