आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ घारी हो ?

परदेशी खबर ८ श्रावण २०७६, बुधबार ०६:३९ मा प्रकाशित ( ४ साल अघि) ६६३ पाठक संख्या

प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानव जन्म जात नै मायाँ, प्रेम, दया र करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया मायाँ करुणा भनेको के हो भने प्रश्न खडा भएको छ? प्रेमको परिभाषा सबैका अलग अलग पृथक छन होला तर अहिले नेपाली समाजमा बिकारल रूप लिएर पैदा भएको छ ।

प्रेमका शब्द जसरी जताबाट परिभाषित गरे पनि हामी नेपाली समाजमा अहिले धैरै अपाच्यको समय सृजना भएको छ । खोइ कताबाट यो बिषयमा सुरू र अन्त्य गर्ने हाम्रो समाज अन्योलमा गुरजिरहको छ । हामी सबै शिक्षित र योग्य भइसकेका र्छो तर पनि हामी नजर अन्दाज गरी आफनो जिबनलाइ तहनहस हुनेगरी कार्य गर्न रोक्न सक्षम भएका छैनौं ।

हिजो-आज दैनिक बिबिध किसिमका मायाँ प्रेमका समस्याको बिषयमा सामाजिक संजालमा छरपष्ट हुने गरी बाहिर आउछन् तर पनि यो किन र कसरी यस्तो समाज हुदै छ भने हामी कसैको चासो देखिदैनl हामी तत्कालको घटना हेर्न सक्छौं आफनो प्रेम सफल बनाउनेको नाममा आफनो अमालाइ मार्नको लागी खेताला लगाइ हत्या गर्न पछि परेनन् हाम्रो समाज, हामी कता जादै छौँ भोलिको भाबि पिढीले अग्रजबाट कस्तो शिक्षा लिने यो नै हाम्रो चुनौतीको बिषय भएको छ । यो भने एउटा उदारण मात्रै हो यि र यस्ता कार्य धैरै भएका छन ।

हामी लाखौं युवायुवति रोजगारीको लागी विश्वको बिभिन्न देशमा कार्यरत छौँ। आज हाम्रो मात्र एउटै चाहना हो कसरी सुखि र समृदि अर्थिकरूपमा सब्बल बन्ने र परिवारिक जिवन र भाबि सन्नततिलाइ राम्रो शिक्षा स्वास्थ्यको रोजगारीको पहुच ग्यारेन्टि गर्ने भन्ने बारेमा हुने हो तर, आज हाम्रो नेपाली समाज यस्तो छैन यस्को ठिक विपरित छ । चाहे युरोपका विकशित मुलुक हुन या खाडि राष्ट्र परिवारिक सुखको नाममा जिवनमा भुल्न नसकिने गरी युवायुवति कुलतमा फसेको देखिन्छ । हामी सजिलै अनुमान लगाउन सकिन्छ । कहि युवा पिडित कहि युवति पिडित जो जसरी भए पनि दुबै गलत यात्रा गर्दै छन भन्ने बारेमा दुइमत नहोला। युवा भन्दा पनि युवति बिशेष गरी नराम्रो सग कुलतमा फसेको देख्न सकिन्छ प्रत्येक गल्लीमा चाहे बिबाहित होस या अबिबाहित सबै यस्तै कुलत कार्यमा फसेको देख्न पाइन्छ । घरमा श्रीमान छ र पनि यता लिभिङ टुगेदरमा फसेको छ अबिबाहित पनि यसरी नै फसेका छन्l कसैलाइ यो हेक्का छैन मेरो भोलि विदेशको बसाइ पछि स्वदेशमा के हुन्छ भनेर? बस्न पनि कति नमिल्दो न उमेर न देश न भेष मिलेको छ त्यसता ब्यक्तिसग बसेर आफनो जवानी बलि दिएको देखिन्छ । अहिले भिन्न देशको मान्छे संग बसेर जवानी रित्याउने भोलि उसले आफनो स्वार्थ पुरा गरीसकेपछि छोडि जाने पक्का छ त्यसपछि म के गर्ने भन्ने हेक्का पनि छैन हामी नेपाली युवतिलाइ नेपाली कमाल इन्डिएन बंगाली हामीमाथि हमाल भएको पनि थाहा नपाउने हामी कस्तो नारी प्यारी नारी की दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ घारी यि यस्ता कुलत कार्यबाट सजग र सचेत रहन म सबैलाइ अग्रह र बिषेश अनुरोध गर्दछु । हाम्रो मुलुक भन्दा बहिरको ब्यक्ति संगको बसाइ भनेको जवानीको मात्र प्रयोग हो त्यस भन्दा अन्य हामीलाइ केहि लाभ गर्दैन । भोलि यस्तो कार्यले न बज्यो बासुरी न रहयो बास मात्र हो ।

अरर्को बुझ्न नसकिने कस्तो खेल हो फुटबल भन्दा पनि रोचक एउटा युवतिले पाँचवटालाइ सम्म खेलाउने सक्ने यो तिम्रो अदभुत क्षमतालाइ पनि सलाम छ। यस्को नतिजा पनि ख्याल राख्नु पर्छ कि पदैन । मेरो शरिर खहरे खोलाको पानी जस्तै हो भनेर सुम्पनेको परिणाम भोलि खहरे खोला बनेर नै समाप्त हुन्छ ।
अन्त्यमा हामी सबै युवायुवतिले हेक्का राख्नु पर्ने कुरा भनेको मात्र एउटै हो कुलत कार्यले राम्रो परिणाम होइन जिवनलाइ नै तहसनहस बनाउने छ । त्यसकारण समयमा नै सचेत र सजग भइ यि यस्ता कार्यबाट अलग रहनु नै उतम हुन्छ । नेपाली कर्मठ योग्य क्षमतावान निडर र बिश्वासिलो हुन्छन भन्ने सन्देश दिने काम गर्रो ।
लेखक : ( तिलक भण्डारी) कमल