आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गाई काटेको आरोपमा ३ जना पक्राउ

परदेशी खबर ६ श्रावण २०७६, सोमबार ०१:०८ मा प्रकाशित ( ४ साल अघि) ७६ पाठक संख्या

धादिङ — गाई काटेको आरोपमा सदरमुकाम नीलकण्ठ-२, ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाच्छीको ८० किलो मासुसहित तार लामा तामाङ, लेम्ता तामाङ र खार्पा तामाङलाई पक्राउ गरिएको हो । 

 

उनीहरुलाई अनुसन्धानका लागि जिप्रकामा राखिएको छ ।

गाई काटेको ठहर भएमा बढीमा ३ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ। यो खबर कान्तिपुरले प्रकाशित गरेको छ ।