कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

परदेशी खबर / जुलाई २० कुवेत। हिजो १९ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थिति नटिङघम ब्रिटिस स्कुल हलमा सम्पन्न नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा आयोजित प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक धमाका २०१९ कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र रक तथा पप गायिका सरस्वती लामा भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु l

समाजका अध्यक्ष राकेश मनाङथेनको सभापतित्वमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी रहेको थियो। भने बिशेष अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,पत्रकार महासंघ कुवेत शाखाका पत्रकार नैना काला राई, समाजसेवी राजेन्द्र तमाङ,रहेको थियो। भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु,बुद्दिजिबी,समाजसेवी लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

अतिथि कलाकार प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती भुजेललाई बाहिर गेटबाट भित्र स्टेज सम्मा लालीगुराँस संस्कृतिक मंच कुवेतका पन्चे बाजा टिमका कलाकारहरु र आयोजोक टिमले तामझामका साथ स्वागत गरीएको थियो।

कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति प्रमुख अतिथी बिशेष अतिथीले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा सुरेश गयाबा तमाङले संचालन गरेका थिए। भने समाजको कार्यक्रम समंयोजक धर्म तामाङले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो l कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेत शाखाका पत्रकार नैना काला राई, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,समाजसेवी धुर्बकुमार संग्रौला,जिफन्ट सहयोग समूह कुवेतका अध्यक्ष गणेश रावत,जन-जागृति युवा समाज कुवेतका अध्यक्ष टिका राम आचार्य, नेपाल कुवेत साँस्कृतिक मंचका अध्यक्ष गोविन्द बराल,समाजसेवी राजेन्द्र तमाङ, प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमलाई स्थानिय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शक हरुलाई थप मनोरन्जन प्रदान गरेको थियो ।स्थानिय कलाकारहरु सुमिन लोप्चन,नेपाल तामाङ घेदुङ कुवैतका,कलाकारको समुहित ग्रुप नृत्य,स्थानिया कलाकारहरुको स्याफ्रु नृत्य, म्हेन्दोमाया गयाक बिश्वो पासा,लाइभ म्हेन्दोमाया गीत साथै नृत्य प्रस्तुतलेउपस्थित सम्पूर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन दिलाएको थियो। प्रथम वार्षिक उत्साव तथा बृहत संगितिक धमाका कार्यक्रमलाई स्वयंसेवक तथा सुरक्षा नेपालकुवेत सरोकार समाज गरेका थियो।

कार्यक्रममाअतिथि कलाकार नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि चर्चित पप तथा रक गायिका सरस्वती भुजेलले आफ्नो नयाँ पुराना गीतहरु उर्बसी यो हो उर्बसी, हात्ती भैंसी, उडीजाने हावाले, उस्को मन्न्मामा होला, हाहा कलिलो दामाले सोदा दामाले, हे लरबर हे लरबर जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरु लाई नचाएकी थिइन ।दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।

त्यस्तै नेपालको एक मात्र रियालिटी शो नेपाल आईडलबाट सफल नव गायक प्रथम नेपाल idol बिजेता बुद्ध लामाको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाई रहेका थिए। बुद्ध लामा मञ्चमा प्रकट हुनसाथ दर्शकको तालीको गर्गराहट र हुटिंगले थप मनोरन्जन प्रदान गरेको थियो। उनले पहिले गजल गीत बाट आफ्नो प्रस्तुती सुरु गरेका थिए । बट सोली सोली ,पिउदिन भन्दा भन्दै पिलायो साथीले,तिम्रो माया,तिमी साथ भएपछि भगवान पनि चाहिँदैन,सानी नरिउसाउन,जस्ता गीत दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थीती दर्शकहरु सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।

कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्स्चेन्ज कम्पनी,(BEC Kuwait) कम्पनीले मुख्य प्रायोजन गरेको थियो। राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि कुवेतबाट पनि खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई र नेपालबाट पल्नु भएको अतिथी कलाकार प्र्थाम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा साथै मुख्य प्रायोजन ( BEC Kuwait )कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरेका थिए।

कार्यक्रमका अन्तम सभापति तथा समाजक अध्यक्ष राकेश मनाङथेनले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि नुवाकोट धादिङ रसुवा समाज कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए ।


फोटो by Nirem Production,बिकास मगर

 






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस