आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

परदेशी खबर २ श्रावण २०७६, बिहीबार १५:३२ मा प्रकाशित ( ४ साल अघि) ३०१ पाठक संख्या


०२ साउन २०७६ धनगढी l धनगढीमा शंकास्पद वस्तु विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। ५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

धनगढीको सहीद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदा ठेगाना नखुलेका राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डेय घाइते छन्।

प्रहरीका अनुसार राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ। घाइतेको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरे पनि सिलिण्डर जस्ताको त्यस्तै रहेको जनाएको छ। घटनास्थलमा पेस्तोल पनि फेला परेको छ। साभार : अन्नपुर्ण पोष्टबाट