आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

साउदीमा एक नेपालीको मृत्यु

परदेशी खबर १ श्रावण २०७६, बुधबार १८:४८ मा प्रकाशित ( ४ साल अघि) १२७ पाठक संख्या

परदेशी खबर- बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा १५ बर्ष पहिले साउदी पुगेका सिराहा जिल्ला मिर्चैयाका राजकुमार कापरको मृत्यु भएको छ । गत १४ जुलाई २०१९ का दिन हृदयघातका कारण मृत्यु भएको हो ।

मृतक राजकुमार साउदीको पूर्वी प्रान्त अलखोबरको अलराखामा रहेको नासिर हज्जा अल सुवेइ एण्ड ब्रदर्स नामक कम्पनीमा सहायक ल्याब टेक्निसियनका रुपमा कार्यरत थियो । सो कम्पनीमा कार्यरत गौतम कापरका अनुसार दिउँसोको खाना खादै गर्दा एकासी ढलेपश्चात अस्पताल लगेको थियो । अस्पतालको ईमेर्जेन्सीमा पुर्‍याएको केहीबेरमै डक्टरले मृत्यु घोषणा गरिएको उनको साथी अजित यादवले बताए ।

मृतकको दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

मृतक कापरको शव अहिले अस्पतालमै रहेको र केही दिनपश्चात नेपाल पठाउन त्यहाँ कार्यरत नेपालीहरुले पहल गर्ने जानकारी दिए । नेपाल दूतावासका पूर्व क्षेत्रका कर्मचारी हरिप्रसाद घिमिरे कम्पनीमा आई आबश्यक जानकारी लिएको छ, किरात राई यायोक्खा शाखा साउदीका उप महासचिव तथा अन्तर संस्था समन्वय समिति दमामका जनसम्पर्क संयोजक राई रबिन थुलुङ्गले जानकारी दिए ।

मृतक कापर साउदीको लामो बसाईलाई बिट मार्दै नेपाल फर्कने तयारीमा थिए । उनी कार्यरत कम्पनी केही बर्षयता आर्थिक समस्यामा परेका कारण तलब समयमा नदिएको, मेडिकल बिमा नविकरणसमेत नगरिएको खेम बहादुर गुरुङले बताए  । गुरुङ मृतकका साथी हुन् , उनका अनुसार त्यस कम्पनीमा कार्यरत अन्य कामदारहरु पनि मारमा परेका छन् ।