एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी


जुलाई १७,हङकङl एनआरएनए हङकङको सातौं अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङले उम्मेदवारी दिएका छन् l

एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छ । गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् ।

हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै, सन् २००५ देखि २०१९ सम्म निरन्तर गैर आवासीय नेपाली संघ हङकङमा आवद्ध भएर काम गर्दै आएका छन् । उक्त संस्थामा उनी सन् २०१५ देखि २०१७ सम्म महासचिव थिए भने सन् २०१७ देखि २०१९ सम्म अर्थात् हालसम्म वरिष्ठ उपाध्यक्षको पदभार सम्हालिरहेका छन् ।

उक्त उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा उनी नेपाल भलिबल संघको भलिबल एम्बेसेडरको रुपमा विदेशी भूमिमा रहेर पनि नेपाल र हङकङबीच ३४ बर्षपछि मैत्रीपूर्ण भलिबल खेल खेलाउन सफल व्यक्तिको रुपमा परिचित छन् ।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस