लालीगुराँस परिवार कुवेतको बार्षिक उत्सव तथा अधिवेशन २३ अगष्टमा हुने

नैनकला राई/ जुलाई १७ कुवेत l  लालीगुराँस संस्कृतिक परिवार कुवेतको ९ औं बार्षिक उत्सव तथा चौंथौं अधिवेशन आगामी २३ अगष्टमा हुने भएको छ l

“कला र संस्कृति हाम्रो परम्परा “ भन्ने मुल नारा लिएर २०१० मा स्थापना भएको कुवेतको नेपाली समाजमा पुरानो र आफ्नो अलग पहिचान बनाउन सफल लालीगुराँस सांस्पकृतिक परिवार नेपाल कुवेतले यस पटक भने आफ्नो बार्षिक उत्सव तथा अधिवेशन पृथक ढंगले गर्ने सांस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पौडेलले परदेशी खबरलाई जानकारी दिएका छन्l

उक्त दिनको कार्यक्रममा कृष्णजन्म अष्टमीको पुजा साथै रोपाइँ जात्राको प्रस्तुति गर्दै ९ औं बार्षिक उत्सव तथा चौंथौं अधिवेशनमा प्रवेश गरेको खुशीमा  पृथक र रोमान्चक कार्यक्रम गर्ने अध्यक्ष पौडेलले बताएका छन् l

सो दिन कुनै पनी कार्यक्रम नराख्नु हुन र उक्त दिन उपस्थितिको लागि बुद्धिजिबी, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार एवं कुवेतवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक आवहान गर्दै कार्यक्रमलाई अति उतम र मनोरञ्जनीय वातावरण सृजना गरी कार्यक्रमको सोभा बढाई सफल पारिदिनु हुन आयोजकले आग्रह गरेको छ l

 

कार्यक्रमको विवरण

कार्यक्रम: ९ औं बार्षिक उत्सव तथा चौंथौं अधिवेशन

मिति : २३ अगष्ट २०१९ शुक्रबार

समय : दिनको ठिक १२:३० मा

स्थान :आइडियाल अडिटेरियम हल फर्वानिया

आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत

 

 






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस