साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने

३१ असार, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।
गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताए ।

‘गत वर्ष सरकारले दूरसञ्चार नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो’ उनले भने ‘तर सरकारले नियमावली स‌ंशोधन गरेन, त्यसपछि हामीले सिधै ग्राहकबाट उठाएर सरकारलाई बुझाउने निर्णय गरेका हौं ।’

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताए ।

तर सरकारले दूरसञ्चार नियमावली संशोधन नगरेकाले आफूहरुलाई धेरै आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको उनको भनाइ छ । अब इन्टरनेट प्रयोगकर्ता ग्राहकले आफूले तिर्दै आएको शुल्कमा १३ प्रतिशत शुल्क थपेर तिर्नुपर्नेछ ।साभारः अनलाइन खबरबाट






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोनाबाट अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

    लकडाउन’मा सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा मिनाह

    कुवेतमा झापाका जीवन पाठकको निधन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस