कुवेतमा फेरि नेपाली कामदारको निधन, २ हप्ता भित्रमा ६ जनाले ज्यान गुमाए

परदेशी खबर / जुलाई १६, कुवेतl । कुवेतमा फेरि एक नेपालीको निधन भएको छ ।

नेपालको पुर्वी रूकुम कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगरको १४ तारिख आइतबार ओछ्यानमै मृत भेटिएको थियो। मृतक जवारलाल रातीको काम सकेर कम्पनीको आवासगृहमा खाना खाएर सुतेका थिए l

जवारलाल रोजगारीको सिलसिलामा कुवेतको हिस्को कम्पनीमा १५ महिना अघि मात्रै कुवेत आएका हुन् ।

यस घटना संगै उच्चा रक्तचाप, सवारी दुर्घटना र आगो लागि दुर्घटना जस्ता विभिन्न कारणले कुवेतमा २ हप्ता भित्रमै ६ जना नेपाली कामदारहरुले ज्यान गुमाइसकेका छन् ।

मृत्यु हुनेहरुमा जुलाई ६ तारिकमा बागलुङ जिल्ला गल्कोट घर भएका तारा बहादुर बिकको उच्च रक्तचापबाट मृत्यु भएको थियो । यसैगरी कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा गत शुक्रबार राती १० बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा सर्लाहीका २९ बर्षिय बिजय बैंठा, ठेगाना नखुलेकी अप्सरा कामी तथा गौरी दर्जिको मृत्यु भएको थियो भने बर्दघाट नगरपालिका-१२ नवलपरासीका भागिरथ चापागाईको आइतबार बिहान कुवेतको अल आदान अस्पतालमा निधन भएको थियो। उनि सडक दुर्घटनामा परी बिगत अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका थिए l






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस