आगामि जनवरी ३ मा तमू प्ये ल्हु संघ,कुवेतले अतिथी कलाकारको साथ ल्होसार मनाउने

परदेशी खबर/ १५ जुलाई, कुवेत। तमू प्ये ल्हु संघ,कुवेतले बिगतका वर्ष झैँ यसपाली पनि तमूहरुको महान चाड तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको उपअध्यक्ष शेरजङ्ग घलेले जानकारी दिएका छन्।

गत जुलाई १२ तारिक शुक्रबार दिन संघका अध्यक्ष उमा गुरुङको अध्यक्षतामा संघका सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर दिदै आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार ख्याति प्राप्त अतिथि कलाकारहरुको प्रस्तुतिसंगै भब्यताको साथ मनाउदै आइरहेको छ।

आफ्नो स्थापना देखीनै हरेक कार्यक्रम सफल बनाउदै आएको तमू प्ये ल्हु संघ कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भब्य पर्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संघको कलाकारहरुको जोडदार प्रस्तुती रहने छ।
यस कार्यक्रमको लागि यास कलाकारको ल्याउने भन्ने बारेमा र कार्यक्रम काँहा गर्ने भन्ने बिषयमा टुंगो लागि नसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष उमा गुरुङले बताएकी छिन,।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण

आयोजक : तमू प्ये ल्हु संघ,कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: ३ जनावरी २०२० शुक्रबार






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस