आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

तमु समाज इजरायलको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा ओम तमु चयन

परदेशी खबर ३० असार २०७६, सोमबार ०९:३० मा प्रकाशित ( ४ साल अघि) ३२८ पाठक संख्या

परदेशी खबर/जुलाइ १४, इज़रायल। “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउछ”भन्ने मूल नाराका साथमा हाम्रा गौरबमय सस्था तमु समाज इजरायलको गत शुक्रबार २०१९ जुलाई १२ तारिख शुक्रबार निबर्तमान अध्यक्ष आस माया तमुस्योको सभापतित्वमा आठौं अधिवेशन कार्यक्रम भब्यताका साथ सु-सम्पन्न भएको छ।
lकार्यक्रम उदघाटन सभापति तमु समाज इजरायलका अध्यक्ष आस माया गुरुङ, प्रमुख आतिथ्य नेपालबाट आमन्त्रित तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम गुरुङ , बिशेष अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर र बिशेष अतिथिमा तमु समाज इजरायलका सस्थापक सदस्य, पूर्व बरिष्ठ सल्लाहकार तथा नृत्य निर्देशक कालिका गुरुङ, बिशेष अतिथिमा एन ,आर, एन , ए ,एन सि सि इजरायलका अध्यक्ष शान्त अधिकारी ज्ञवाली द्वारा संयुक्त रुपमा कार्यक्रम उत्घाटन भएको थियोे भने कार्यक्रम संचालन नि बर्तमन महासचिव हरि माया गुरुङ र निबर्तमन सह-सचिब इन्द्रमाया गुरुङले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार सानू गुरुङले, शुभ-कामना मन्तब्यमा सल्लाहकार निर्मला गुरुङले, बिशेष अतिथि शुभ-कामना मन्तव्यमा तमु समाज इजरायलका संस्थापक सदस्य कालिका गुरुङल शुभकामना मन्तव्य बेशेष अथितिमा एन आर एन ए एन सि सि इजरायलका अध्यक्ष शान्त अधिकारी ज्ञवाली दिएका थिए भने प्रमुख अतिथि शुभ-कामना मन्तब्यमा, नेपाल बाट आमन्त्रित तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमु ज्यु दिएको थियो,कोषको आर्थिक प्रतिबेदन र जन्मदिन तथा पुण्य तिथिहरू बाट संकलित अशक्त, अनाथ, अपाङ्ग, असहाय, एवं दिन दुखिहरुलाई सहयोग गर्ने हेतुले स्थापना गरिएको कोष रकमको बारे, कोषाध्यक्ष बिन्दु गुरुङले प्रस्तुत गरेकी थिइन्।

 


उक्त अधिवेशनमा समाजका वरिष्ठ सल्लाहकार डम्बर गुरुङले साँस्कृतिक कार्यक्रममा गुरुङ सस्कृति झल्किने कौडा नाच र गुरुङ सिंगल नाचको साथमा गुरुङ गीत गाएर उपस्थित सम्पूर्णलाई नचाएका थिए ।
कार्यक्रममा सभापति तथा निबर्तमान अध्यक्ष आस माया गुरुङद्वारा २०१७ – २०१९ को कार्यकाल सफल पारेको उपलक्ष्यमा सम्पूर्ण सल्लाहकारहरुलाई कदर-पत्रले सम्मानित गर्नुको साथै कार्यसमितिका सम्पूर्णलाई प्रमाण-पत्र र दाजुभाइहरुलाई फेट्टाले र दिदिबहिनीहरुलाई क्रमु ओढाएर सम्मान गरिएको थियो भने तमु समाज इजरायलको हरेक गतिविधिहरुलाई प्रसार प्रचार गरि साथ सहयोग गर्नुहुने पत्रकारहरुलाइ सम्मान-पत्रले सम्मान गरिएको थियोे ।
कार्यक्रमका संयोजक ओम गुरुङले शुभकामना मन्तव्य दिंदै आठौं अधिबेशन २०७६ कार्यक्रममा हाम्रो गरिमामय सस्था तमु समाज इजरायलको निमन्त्रणालाइ स्वीकार गरि आफ्नो अमुल्य समयलाई थाती राखी उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनु भएकोमा प्रमुख आतिथ्यमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम गुरुङ, विशेष अतिथिहरु मिडियाहरु ,प्राबिधिक साथै विभिन्न संघ सस्थाबाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधिहरुमा कार्यक्रमलाई सफल पार्नको निमित्त आ-आफ्नो ठाउँबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आउनु भएका सल्लाहकारहरु,संस्थाका भू ,पु तथा वर्तमान पदाधिकारीहरु सम्पूर्णलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको अन्तिममा कार्यक्रम सभापति तथा निबर्तमान अध्यक्ष आस माया गुरुङले रोजगारीको शिलशिलामा यहाँको नीतिनियम र बिदाको समय अनुकुल मिलाएर यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण इजरायलवासी दाजुभाई तथा दिदीबहिनीहरुलाइ तमु समाज इजरायलको तर्फबाट हार्दिक धन्यबाद सहत सबैको साथ सल्लाह र सुझाबको सधै अपेक्षा राख्दै कार्यकाल भरि साथ सहयोग गर्नु हुने कार्यसमितिका लगायत सम्पूर्ण इजरयालवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद दिदै कार्यसमिति बिगठन भएको घोषणा गर्दै नवनिर्वाचीत अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी हरुलाइ अग्रिम बधाई दिदै २०१९-२०२१ को कार्य समिति चयन गर्नको निमित्त निर्वाचन समितिका संयोजक निबर्तमन प्रमुख सल्लाहकार डिक कुमार गुरुङ लाई अनुमति दिंदै वहाँको संयोजकत्वमा निर्वाचन समितिका सल्लाहकारहरुले २४ जना नयाँ कार्यसमिति चयन गरि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम गुरुङ द्वारा गुरुङ भाषामा सपथ ग्रहण गराएको थियो भने नव निर्बाचित अध्यक्ष ओम तमुद्वारा संरक्षक समिती र सल्लाहकारहरुको चयन समेत गरेको छ।
संरक्षक समितिमा डिक कुमार गुरुङ,डम्बर गुरुङ र निरु गुरुङ,सल्लाहकार समितिमा प्रमुख सल्लाहकार आस माया गुरुङ,सल्लाहकार कमल गुरुङ ,सल्लाहकार सानू गुरुङ,सल्लाहकार हरि माया गुरुङ रहेको छ।नयाँ कार्यसमितिमा अध्यक्ष ओम गुरुङ ,प्रथम उपाध्यक्ष खुशी घले ,दितिय उपाध्यक्ष रित्ता घले, तृतीय उपाध्यक्ष नर माया गुरुङ, महासचिव शान्ति गुरुङ,सचिव रेखा गुरुङ,सह-सचिब दुर्गा गुरुङ,कोषाध्यक्ष बिन्दु गुरुङ ,सह-कोषाध्यक्ष गया गुरुङ, महिला प्रमुख पशुपति गुरुङ, कार्यकारिणी सदस्य मिठु गुरुङ, लीला गुरुङ ,सोनी गुरुङ,उषा गुरुङ,बिना गुरुङ,मनु गुरुङ,अञ्जली गुरुङ ,खुशी गुरुङ,सुचित्रा गुरुङ ,सुनिता गुरुङ, प्रण्या गुरुङ ,बिरेन गुरु,धना गुरुङ र मन्श्री गुरुङ रहेको छ।