२५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा मनाउदै

परदेशी खबर/जुलाई १५,युएई। नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा जुन २८ तारिख २०१९ मा बसेको बैठकले आउदो अगस्ट ९ तारिख २०१९ को दिन दुबईको देरा कार्लटन प्यालेस होटेलमा २५ औं विश्व आदिवासी दिवस भव्यताका साथ आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्नको लागी नेपाल आदिवासी जनजाती महासंघ युएईकी महिला उपाध्यक्ष बिजय लक्ष्मी राईलाई कार्यक्रम संयोजक तोकी कार्यक्रमको तयारी तिब्ररुपमा भईरहेको जानकारी महासंघको अध्यक्ष शेर्पाले बताएका छन्।कार्यक्रमको मुल आयोजक संयुक्तरुपमा महासंघमा आबद्द ११ वटा जातिय संस्थाहरु र सह-आयोजकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई रहने भएको छ। कार्यक्रममा आदिवासी जनजातिहरुको आफ्नो भाषा, धर्म,संस्कार ,सांस्कृतिक ,भेषभुषा आदिको सरंक्षण, सम्बर्धन र शैक्षिक विकासलाई अगाडी बढाउने उदेश्य रहेको छ भने कार्यक्रममा जातिय पुरानो स्टलहरु प्रर्दशन,पौराणिक सांस्कृतिक नाच ( झांकी ) र मिस्टर एण्ड मिस प्रतियोगिताको साथै प्रवास युएईमा रहेका स्थानीय ख्यातिप्राप्त कलाकारहरुको संगीतिक प्रस्तुति रहने भएको छ ।

विश्वका हरेक देशहरुमा आदिवासीहरुको हक़ अधिकार र समस्या समाधान सुनिश्चित गर्न भनेर सबै देशहरुलाई ध्यानाकर्षणको लागि UNO ले १९९२ मा रियो दि जेनेरियो (बाज्रिलको राजधानी ) मा गरेको विश्व सम्मेलन भएको बेला आदिवासीहरुको विषयमा पनि पहिलो पटक छलफल गरिएको थियो l त्यो भन्दा पहिले UNO ले कहिले पनि त्यसो गरेको थिएन l अरु विषयमा बोल्ने गर्थ्यो तर आदिवासीहरुको हितमा बोलेको पनि थिएन र कुनै निर्णयहरु पनि गरेको थिएन तर, १९९२ मा रियो दि जेनेरियो (बाज्रिलको राजधानी ) मा गरेको विश्व सम्मेलन भएको दिन विश्व भरका आदिवासीहरुको लागी यो एउटा ठुलो उपलब्धिको दिन थियो l
त्यस दिन देखि विश्व भरको आदिवासीहरुलाई सम्बन्धित देशको सरकारले प्रत्येक वर्ष ९ अगष्टमा “विश्व आदिवासी दिवस सार्वजनिक रुपमा मनाउदै आएको छl
यस पटक २०१९ को अगस्ट ९ तारिक शुक्रबारको दिन परेको हुदा सो दिनमा २५ औं “विश्व आदिवासी दिवस ” कालर्ट्न प्यालेस होटल देरा दुबईमा मनाउन लागेका हो ।
आजको दिन सबै देशहरुको छाता संगठन संयुक्त राष्ट्र संघ (UNO) ले हरेक देशमा रहेका आदिवासीहरुको समस्या समाधान गर्नु पर्छ l सम्बन्धित देशको सरकारले ध्यान दिनु पर्छ भनेर स्वीकार गरेको दिन हो l हामी पनि नेपालका आदिवासीहरु हौँ l त्यसैले यो दिन हामी पनि भव्य रुपमा मनाउछौं l हाम्रो देशको सरकारलाई पनि संयुक्त राष्ट्र संघ (UNO)ले दिएको निर्देशन अनुसार हामी आदिवासीहरुको शिक्षा, स्वस्थ, रोजगारीमा ध्यान देउन भन्न चाहान्छौं। हाम्रो भाषा, धर्म, संस्कृति, भेषभुषाको संरक्षण, सम्वर्धन र विकाश गर भन्न चाहान्छौं l राज्य र सरकार संचालनमा बराबरी प्रतिनिधित्व सुनिश्चित गर भन्दै छौं र यो हामी आदिवासीहरुको विश्वब्यापी अधिकार पनि हो l स्मरण रहोस, नेपाल सरकारले हामी आदिवासीहरुको लागी यो काम गर्छौं भनेर (UNO) संग हस्ताक्षर पनि गरेको छ तर व्यबहारमा लागु गरेको छैन । सरकारको विरुद्धमा अन्तराष्ट्रिय अदालतमा मुद्धा पनि चाल्न सक्ने छ।भन्दै कार्यक्रम विश्व भरिका आदिवासी जनजातिहरुला अगष्ट ९ तारिकको दिन मनाइरहदा युइईका आदिवासी जनजातिहरु हरेक बर्षझै यो बर्ष पनि अगस्ट ९ तारिख्मा २५ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाउन लागेको हो।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस