आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम सम्पन्न

परदेशी खबर २९ असार २०७६, आईतवार ०९:११ मा प्रकाशित ( ४ साल अघि) ४९६ पाठक संख्या

परदेशी खबर/ जुलाई १४, कुवेत। गत १२ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अनेसास कुवेत च्याप्टरले आफ्नो ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम विविध बिधाका रचनाहरु वाचन गरि भब्यताका साथ सम्पन्न गरेको छ।

अनेसास कुवेत च्याप्टरको अध्यक्ष हिमाल अन्जानको सभापतित्वमा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी तथा बिशेष अतिथी नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेका थिए यसैगरी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, कलाकार, पत्रकार, मिडियाकर्मी, साहित्यप्रेमी र साहित्य सर्जकहरुको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रमको संयोजक कुवेत च्याप्टरका उपाध्यक्ष प्रसाद तिम्सिनाले गरेको कार्यक्रम संचालन कुवेत च्याप्टरका महासचिव राज श्रेष्ठले गरेका थिए।
प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारिले राष्ट्रिय बिभुती आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरि पानसमा दिप प्रज्वलित गर्दै कार्यक्रमको उद्घाटन गरे लगात्तै कार्यक्रमका सभापति हिमाल अन्जानले ९औं बार्षिक उत्सवको लागि केक काटेर समुउद्घाटन गरेका थिए  साथै उपस्थित संपूर्णले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला चढाएर भावपुर्ण श्रद्धा सुमन अर्पण गरेका थिए।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा कुवेत च्याप्टरका उपाध्यक्ष प्रसाद तिम्सिनाले स्वागत मन्तब्य दिएका थिए भने शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथी महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले अनेसास कुवेत च्याप्टरले प्रवासी भुमिमा रहेर पनि नेपाली भाषा तथा साहित्यमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै खुल्ला हृदयले प्रशंसा गर्नुभएको थियो । साथै आगामी दिनहरुमा नेपाली दुतावास कुवेतको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो। कार्यक्रममा नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा,सल्लाहकार माधव पौडेल “असल यात्री”, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष ईन्द्रपोखरेल, पत्रकार महासंघका उपाध्यक्ष नवराज पन्थी, एन आरएनएकी अध्यक्ष सुमित्रा पौडेल, जन जागृति युवा समाजका अध्यक्ष टिकाराम आचार्य, समाजसेवी कुमार झापाली लगायतका ब्यक्तिहरुले आफ्नो मन्तवय राखेका थिए ।

बिगत लामो समय देखि कुवेत च्याप्टरको साहित्यिक कृयाकलापहरुमा सकृयताका साथ लागिरहेकी साहित्य सर्जक शिर्जना पाण्डेलाई सोही मिति बाट महिला उपाध्यक्ष तथा लोक गायक तथा साहित्यकार राजेन्द्र बिरहीलाई सल्लाहकारको पदमा नियुक्त गर्दै कुवेत च्याप्टरका अध्यक्ष तथा कार्यक्रम सभापति हिमाल अन्जानले दोसल्ला ओढाई स-सम्मान स्वागत गरेका थिए।
कार्यक्रममा करिब डेढ दर्जन साहित्य सर्जकले विविध बिधाका रचनाहरु वाचन गरेका थिए भने लोक गायक तथा साहित्यकार राजेन्द्र बिरही र दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले आदिकवि भानुभक्त आचार्य द्वारा अनुवादित रामायणको केही श्लोक वाचन गर्नुभएको थियो। विविध बिधाका रचना वाचन गर्नुहुनेमा जानकी जानू दर्लामी, अमित चाम्लिङ, केसर तामाङ, प्रेम कटुवाल “जिजिविषा” निरुमाया खड्का, पुर्णिामा बुढामगर, तिलाचन बस्याल, माधव पौडेल “असल यात्री”, प्रसाद तिम्सिना, राज श्रेष्ठ, गगन बिष्ट, प्रबिण आचार्य, बद्री न्यौपाने, हरी कंडेल, शिर्जना पाण्डे, राजेन्द्र बिरही, बिजय औजि अन्जान, दिपक सुनार हुनुहुन्छ। रचना वाचन गर्नुभएका सर्जकहरुलाई सफलताको कामना गर्दै आगामी दिनहरुमा पनि नेपाली साहित्यमा लागिरहन हौसला मिलोस् भन्ने अभिप्रायले प्रमुख अतिथी तथा अतिथीहरुको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।

बिगतका दिनहरुमा अनेसास कुवेत च्याप्टरलाई आर्थिक, भौतिक तथा विभिन्न तवरले सहयोग पुर्‍याउँदै आउनु भएका आठजना ब्याक्तित्वहरुलाई उहाँहरुको कार्यको उच्च मुल्यांकन गर्दै दोसल्ला ओढाई सम्मानपत्रका साथ अनेसास कुवेत च्याप्टरले सम्मान गरेको थियो। सम्मानित हुनुहुनेमा रोजिना ढुंगाना, मान बहादुर बलायर, रुपेन हमाल, जानकी जानू दर्लामी, नैनकला राई, राजेन्द्र बिरही, केदार नाथ खरेल र प्रसाद तिम्सिना रहेका थिए। यसैगरी अनेसास कुवेत च्याप्टरको हरेक गतिविधिहरुलाई नजिकै बाट अवलोकन गरि विभिन्न अनलाईन पत्रीका मार्फत समाचार सम्प्रेषण गरि बिश्वभर छरिएर रहेका नेपालीहरु माझ पुर्‍याउन अहम भुमिका निभाउनु भएकोमा उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्दै विभिन्न आठ मिडियाहरुलाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापती तथा अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले अनेसास कुवेत च्याप्टरको निमन्त्रणालाई स्विकार गरि पाल्नु भएका प्रमुख अतिथी, बिशेष अतिथी, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी, खेलाडी, पत्रकार, कलाकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, साहित्य प्रेमी तथा साहित्य सर्जकहरुलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनि अनेसास कुवेत च्याप्टर नेपाली भाषा तथा साहित्यको उन्नयनको लागि अत्यन्तै कृयाशिलताका साथ लागिरहने र कुवेतको भुमिमा यस्तै किसिमको साहित्यिक कार्यक्रमहरु गरिरहने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।