कुवेतमा २५औं विश्व आदिवासी दिवस मनाउने कार्यक्रमको तयारी तिब्र रुपमा हुदै

नैनकला राई / जुलाई १३, कुवेतl आउदो ९ अगष्ट २०१९ शुक्रबारका दिन कुवेतमा कृयाशिल नेपाल आदिवासी जनजाति महासंघ कुवेतको आयोजनामा हुन गई रहेको  २५औं विश्व आदिवासी दिवसको तयारी तिब्र रुपमा हुदै गरेको संघका महासचिव मन्जित राईले जानकारी दिएका छन्l

हिजो शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतको अध्यक्ष अमृत तामाङको अध्यक्षतामा एवं  संस्थापक संरक्षक अमित चाम्लिङ राई, सल्लाहकार मनु भुजेल लगाएतका विशिष्ट पदाधिकारीहरु र कार्य समितिका पदाधिकारीहरुको उपस्थितिमा फर्वानियामा बसेको बैठकले कार्यक्रमको लागि कार्य बिभाजन गर्दै तद्रुताका साथ तयारीमा लागेको बताएका छन्l

परदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिलाई जगेर्ण गर्दै स्थापना काल देखिनै नेपाल आदिवासी जनजाति महासंघ कुवेतले प्रत्येक बर्ष विविध जातीय पहिचान झल्किने झाँकी सहितका कार्यक्रम गर्दै आईरहेकोमा यस बर्ष पनि निरन्तता दिदै आउदो ९ अगस्ट २०१९ मा मनाउने तयारी गरेको हो ।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् । कार्यक्रममा कुवेतका जातीय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु संस्थामा आवद्ध कलाकारहरुले दिने बताएका छन्l कार्यक्रममा सबै जातीय संस्थाहरुलाई आफ्नो भेषभुषामा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जातीय संस्थाहरुलाई अनुरोध गरेको छ साथै कुवेतमा क्रियाशील संघ संस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार , खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन आयोजकले आग्रह गरेको छl

 

कार्यक्रमको विवरण

मिति : ९ अगष्ट  २०१९ शुक्रबार

समय : दिनको ठिक १२ बजे

स्थान : युनिक अडिटोरियम हल फर्वानिया कुवेत

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा

 






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस