सिन्धुलीमा वीपी र मध्य पहाडी राजमार्ग अवरुद्ध: खुलाउने प्रयास जारी, खुर्कोट मन्थली सडक पनि अवरुद्ध

बाढीमा फसेको भ्यान । तस्बिर : राजन गाउँले

२७ असार, सिन्धुली l तीन दिनदेखि लगातार परेको वर्षाका कारण सिन्धुलीको वीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएका छन्। पानीसँगै पहिरो आउन थालेपछि वीपी राजमार्गको नेपालथोक सिन्धुली खण्ड र मध्ये पहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्डको ठाउँठाउमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित सोलाभन्ञ्याङ्ग-खनियाखर्क खण्डको चार बढी स्थानमा पहिरो गएको छ। गोलन्जोर गाउँपालिकाको बजेटमा सोलान्ञ्याङ्गबाट वीपी राजमार्गमाथि जंगलमा साइकल जोनका नाममा जंगलमा डोजर चलाएर खनिएको पहाड बग्न थालेपछि सडक नै अवरुद्ध भएको खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ l

यस्तै सुनकोसी गाउँपालिका १ स्थित कमारेमा सडकमा खसेको पहिरोले पनि आवतजावत छेकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि वर्षा नरोकिँदा पहिरो निरन्तर खसिरहेकाले सम्भावना कम भएको उनको भनाई छ । ‘सोलाभन्ञ्याङ्ग-खनियाखर्कमा खण्डमा एक तर्फी सडक खुलाउने प्रयास भएपनि कमारेमा पहिरो निरन्तर खसेकाले सम्भावन भएको छैन्,’ उनले भने।

सडकमा पहिरो खसेपछि सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन्। दुबै गाउँपालिकाका अध्यक्षसँग समन्वय गरी अवरुद्ध सडक खुलाउन जेसिवी मगाइएको उनले जनाए।

मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध

यसैबीच लगातार परेको वर्षाका कारण मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। उक्त लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट-ग्वाल्टार र डुडभन्ञ्याङ-घुर्मी खण्ड अवरुद्ध भएको हो। मध्य पहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिकाभित्र पर्ने कुहीभिर, सुगुरे, बलेनी, हैबार लगायतका ठाउँमा पहिरो खसेको छ भने फिक्कल गाउँपालिकाको बाँदरे खोलामा पहिरोसहित आएको बाढीले सडक अवरुद्ध गरेको छ।

बाँदरे खोलाले दुईवटा गाडी बगाएको भन्ने अपुष्ट खबर आएको र प्रहरीको टोली त्यसतर्फ हिँडेपनि ठाउँठाउँमा खसेको पहिरोका कारण पुग्न नसकेको प्रहरी प्रमुख सिंहले जनाए।

खुर्कोट मन्थली सठक पनि अवरुद्ध
यस्तै लगातारको वर्षाका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली सदरमुकाम जोड्ने सडक पनि अवरुद्ध भएको छ । खुर्कोटको सुनकोसी पुलपारी ठूलो पहिरो खसेको छ। यस्तै उक्त सडको कुनौरी भीरबाट पनि पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षाका काराण सिन्धुली जिल्ला सदरमुकाम हुँदै ग्रामिण क्षेत्रमा संचालन हुनै सबै यातायातका साधन संचालनमा आउन सकेका छैनन्। साभारः अन्नपुर्ण पोष्टबाट 






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस