नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको कारण यातायात सञ्चालनमा समस्या 

असार २७, काठमाडौं। नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झरेका कारण यातायात सञ्चालनमा समस्या भएको छ ।

सडकमा पहिरो झरेपछि अहिले सो खण्डमा मुस्किलले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो ।

यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको खबर आजको नयाँ पेज डटकममा प्रकाशित भएको छl

एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।
यो सडक खण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नु परेको थियो । वर्षा लागेसँगै यस खण्डमा वर्षेनी पहिरोको समस्या बढ्ने गरेको छ । साभार : नयाँ पेज डट कमबाट






Related Posts
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने
  • कुवेतमा फेरि नेपाली कामदारको निधन, २ हप्ता भित्रमा ६ जनाले ज्यान गुमाए
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस