बृहत सांगीतिक घमाकाको लागि प्रथम नेपाल आइडल बुद्ध लामा र पप गायिका सरस्वती लामा बुधबार कुवेत आउदै

परदेशी खबर / जुलाई १४, कुवेतl नुवाकोट धादिङ रसुवा समाज कुवेतको प्रथम वार्षिक उत्साव तथा बृहत सांगीतिक घमाका १९ जुलाई शुक्रबारका दिन जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल) मा हुन गैइरहेको उक्त सांगितिक धमाकाका लागि प्रथम नेपाल idol बुद्ध लामा र पप तथा रक गायिका सरस्वती लामा बुधबार दिनको ठिक ३:३० बजे कुवेतको अन्तर्राष्ट्रिय बिमान स्थलमा आइपुग्ने जानकारी भएकोछ।

रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी तथा दाजुभाईहरुलाई एकीकृत गर्दै गठित “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले प्रथम वार्षिक उत्साव तथा बृहत संगितिक घमाका आउदो १९ जुलाई २०१९ शुक्रबारका दिन जिलिब स्थिति (ईन्डियान ब्रीटिस स्कुल)को हलमा हुन गैइरहेको छ l

उक्त दिन अतिथि कलाकार हरुको स्वागतको लागि कुवेतमा कयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।






Related Posts
  • कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना
  • एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल
  • कुवेतबाट नेपाल प्रहरीलाई पत्र
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

    एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस