आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतमा तमू ल्होसार आगामी जनवारी १० तारिकमा मनाउने

परदेशी खबर २६ असार २०७६, बिहीबार १७:०६ मा प्रकाशित ( ४ साल अघि) २०५ पाठक संख्या


परदेशी खबर / जुलाई ११, कुवेत l तमु समाज कुवेतले आफ्नो महान चाड तमू ल्होसार आगामी २०२० जनवारी १० तारिक मनाउने भएको छ l

“गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेतले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार मनाउने समाजको अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रमको रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदै आएको तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भब्य र सब्य पर्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई समाजका कलाकार भाई बहिनी हरुको जोडदार प्रस्तुती रहने जानकारी दिएको छ। भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने अध्यक्ष राजु गुरुङले बताएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

 

कार्यक्रमको विवरण 

आयोजक : तमू समाज कुवेत
कार्यक्रम : तमू ल्होसार
मिति: १० जनावरी २०२० शुक्रबार