आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन हुने

परदेशी खबर २६ असार २०७६, बिहीबार १२:०० मा प्रकाशित ( ४ साल अघि) १४४ पाठक संख्या

काठमाडौं – नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन जुलाई २१ मा हुने भएको छ ।

तामाङ समुदायको हक हित साथै तामाङ जातीको कला,संस्कृतीको उत्थान गर्ने उदेश्य अनुरुप प्रवासमा उदय भएको उक्त संस्थाले आफ्नो प्रथम अधिवेशन जुलाई २१ मा ग्राण्ड कन्टिनेन्टल होटल क्वालालम्पुरमा हुने भएको हो ।

संस्थाका अनुसार कार्यक्रमको प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव महित तामाङको उपस्थितमा हुने भएको हो ।

कार्यक्रम ११ बजेबाट सुचारु हुने छ । मलेसियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ ।