कुवेतमा बेचिएकी १६ वर्षिय बालिकाको उद्दार

परदेशी खबर/ जुलाई ११,कुवेतl  कुवेतमा बेचिएकी १६ वर्षिया बालिका पुजा रावलको नेपाली एकता समाज कुवेतले उद्दार गरि  आज जुलाई १० तारिक बिहान नेपाल पुर्याउन सफल भएको छl

राजनितिक पार्टी राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृ संगठन “कुवेत नेपाली एकता समाज नेपाल कुवेत २०१४ मा स्थापना गरेर कुवेतमा क्रियाशिल संघ संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक कार्य खासगरी बिपतमा परेकाहरुकोलागि सक्रिय रहदै आएको छl उद्दारको कार्यमा यसपटक पनि घरेलु कामदारको रुपमा कुवेत आएकी जानकी गाउँपालिका, साविक बागेश्वरी वडा नं.२ नेपालगञ्ज घर भएकी १६ वर्षिय बालिका पुजा रावललाई उद्दार गरेर नेपाल पठाउन सफल भएको छ। एक महिना अगाडी उनी घरेलु कामदार महिलाहरुकै माध्यमबाट कुवेत नेपाली एकता समाजको सम्पर्कमा आएकी थिइन्।

पुजासँग सोधपुछको क्रममा उनका बुवाको मृत्यु उनी सानै छँदा भइसकेको र आमाले पनि उनलाई छोडेर दोश्रो विवाह गरेपछी आफु हजुरबुवा र हजुरआमासँग बस्दै आइरहेको ए आर्थिक अभावमा जुधिरहेको परिवारलाई सहयात्री बन्ने बहाना बनाएर एकदिन आफ्नै फुपु पर्ने एक महिला आएर पुजालाई मसँग पठाउनुहुन्छ भने दिल्लीमा ८/१० हजार भारतिय रुपैंयाँ कमाउन सक्ने नोकरी लगाइदिन्छु भन्दै उनको हजुरबुवासँग अनुरोध गरेकी र हजुरबुवाले एउटी नातिनीलाई आफ्नो काखबाट छुटाएर दिल्ली पठाउन नसक्ने भनेपछी ति महिला फर्केकी थिइन् तर, पुजाले धेरै सोचे पश्चात दिल्ली टाढा पनि होइन र फेरी महिनामा १५/१६ हजार नेपाली रुपैंयाँ कमाउन थालेँ भने आफ्नो परिवारको मुहार नै फेरिन्छ भन्ने आफ्नो निष्कर्षमा पुगे पछि अर्को दिन ति महिलासँग सम्पर्क गरेर घरबाट भागेर दिल्ली पुगेकी थिइन् तर, दिल्ली पुगेपछि पूजालाई थाहा भएछ कि आफुलाई दिल्लीमा काम लगाइदिनुको साटो विदेश पठाउन ल्याइएको रहेछ।

उनलाई दिल्ली पुराउने दलालले अरु दलालको जिम्मा लगाएर नेपाल फर्केपछी दिल्लीबाट कुवेत पठाउने दलालले पुजाको उमेर नपुगेको कारण नागरिकता र राहदानी नभए पनि सिन्धुपाल्चोक ठेगाना भएको प्रिति तामाङको नामको राहदानी हातमा थमाएर १ वर्ष अगाडी मासिक ५० देखी ६० हजार तलब पाउने प्रलोभन देखाएर कुवेत बेचिदिएका रहेछन्।

उनि कुवेत त आइन् तर दिल्लीबाट जे भनेर पठाइएको थिय‍ो त्यो अनुसार न त तलब नै थियो न त काम। उमेर नपुगेकी बालिका एकदिनमा ८ वटासम्म बच्चा हेर्नुपर्ने, केही सानो गलती भए पनि मालिकले शारिरिक तथा मानसिकरुपमा यातना दिने गरेको उनले बताइन्, समस्या झेल्दै जाँदा घरेलु कामदारकै माध्यमबाट कुवेत नेपाली एकता समाजको सम्पर्कमा आएकी उनिसँग लामो अनुसन्धान गर्दा र शरिरभरी निलडाम देख्दा साँच्चीकै उनी बन्धक बनेर समस्यामा परेको खुलेपछी तत्काल संगठनका पदाधिकारीहरुको नेतृत्वमा कुवेतस्थित राजदुतावास र केही समाजसेवीहरुको सहकार्यमा पुजालाई उद्वार गरी नेपाली राजदुतावासमा पुराइएको थियो।

कानुनी प्रकियाको लागि नेपाली दुतावासको सहयोग लिएर केहि समय लागेको भएता पनि उनि जुलाई ९ तारिक साँझ एयर अरेबियाको उडानमार्फत जुलाई ९ तारिक साँझ कुवेतबाट नेपाल प्रस्थान भएर जुलाईको १० तारिकको बिहान काठमाण्डौ सकुसल पुग्न सफल भएकी छिन।

पुजालाई काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिउनको लागी काठमाण्डौं मै अस्थायी निवासी निजका सह‍ोदर कान्छा बुवा मोहन बहादुर रावल आएका थिए l मोहन बहादुर रावलले प्रबन्ध मिलाए वमोजिम आफ्नी छोरी सकुशल नेपाल फर्काइदिएकोमा खुशी व्यक्त गर्दै सहयोगी संगठनलाई फोन मार्फत धन्यावाद दिएका छन् l
कुवेत नेपाली एकता समाजले पुजा जस्तै समस्यामा परेका विभिन्न जिल्लाका मानवतस्करहरुद्वारा कुवेतमा बेचिएर अत्याचारमा परेका ८ महिला र १ पुरुष गरी ९ जनालाई उद्वार गरिसकेको कुरा संगठनका प्रतिनिधीले जानाकारी दिएका छन्l






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस