एनआरएनए कुवेतको छैटौं अधिवेशनको लागि जुलाई २० मा उम्मेदवारी दर्ता हुने

परदेशी खबर/जुलाई १०,कुवेतl गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

 

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपाली संघको विधान बमोजिम प्रति एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय परिषदको सदस्य रहन पाउने ब्यवस्था भएकोले कुवेतको हकमा अन्तर्राष्ट्रिय परिषदको सदस्य १ जना मात्र रहने छन् । सोही अनुसार अन्तर्राष्ट्रिय परिषदको सदस्य १ पदको लागि ३०५ केडी, संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष १ पदको लागि २५० केडि, उपाध्यक्षहरू प्रथम उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष गरि ३ पदको लागि जनही १७५ केडि, महासचिव १ पदको लागि १५० केडि, सचिव तथा कोषाध्यक्ष १-१ पदको लागि जनही १०० केडि, युवा संयोजक तथा महिला संयोजक १-१ पदको लागि जनही ७५ केडि, सह-कोषाध्यक्ष तथा महिला उप-संयोजक १-१ पदको लागि जनही ५० केडि र सदस्य १० पदको लागि जनही २० केडी उम्मेदवारी शुल्क तोकिएको छ ।

 

निर्वाचन समितिले यस अघि नै निर्वाचन अचार संहित र निर्वाचन कार्यतालिक प्रकाशन गरिसकेको छ भने यस वर्षबाट अनलाइन पद्दतिमा भरिएको  पञ्जिकृत सदस्यता फारम जुलाइ १९ तारिक शुक्रबार राती १० बजेसम्म भर्न पाइनेछ भने जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेबाट  साँझ ७ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।

परेका उम्मेदवारी माथि दावी बिरोधको लागि जुलाइ २२ तारिक तारिक सोमबार साँझ ५ बजे सम्मको समय तोकेको छ भने उम्मेदवारी फिर्ता लिनको लागि जुलाइ २५ तारिक बिहिबार साँझ ५ बजे सम्मको समय सिमा तोकेको छ  भने जुलाइ २६ तारिक शुक्रबार साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन समितिले यस अघि नै जनाइसकेको छ ।

 

उम्मेदवारी दिने स्थान तथा शुल्क यस प्रकार छन् 

 

 






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस