आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

चिकित्सा शिक्षा आयोगमा विवादित डा. नीलमणी उपाध्यायसहित ६ जनाको आवेदन

परदेशी खबर २४ असार २०७६, मंगलवार ०४:२८ मा प्रकाशित ( ४ साल अघि) १५२ पाठक संख्या

काठमाडौं, २४ असार । चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषि ठहर गरेका डा. नीलमणि उपाध्यायसहित ६ जनाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

सिफारिस समितिका अनुसार उपाध्याय सहित डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका हुन् । गिरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुन् ।

आयोगको उपाध्यक्ष सिफारिशका लागि गठित समितिले चिकित्सा शिक्षामा स्वार्थको टकराव नभएका र ख्याती प्राप्त गरेको भनि सिद्ध काजजातसहित १५ दिन अघि दरखास्त आव्हान गरेको थियो । दरखास्त दिने मिति सोमबार सकिएको छ ।

नेपाल मेडिकल काउन्सिलका पूर्वरजिष्ट्रार उपाध्यायलाई गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेको थियो । उनलाई जाँचबुझ आयोगले कारवाहीको सिफारिश समेत गरेको थियो ।

चिकित्सा शिक्षा ऐनको दफा ५ बमोजिम गठन हुने चिकित्सा शिक्षा आयोगमा चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पूर्‍याएकामध्येबाट एक जना उपाध्यक्ष हुन्छन् । उपाध्यक्ष आयोगमा पूर्णकालिन र कार्यकारीका रुपमा रहने व्यवस्था छ ।