चालीस अर्ब ठेक्का सेटिङ गर्दै मन्त्री र डीजी, एउटै प्याकेजबाट दुई अर्ब हात पार्ने दाउ

काठमाडौं, २४ असार । भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले ४० अर्ब रुपैयाँको ठेक्का सम्बन्धी म्याद थपको तीनवटा ठेक्काको एउटै प्याकेजमा राखेर सूचना जारी गरेपछि यसभित्रको रहस्य, चलखेल, मिलेमतो र सेटिङको खुलासा भएको छ । साँघु साप्ताहिकले समाचार छापेकाे छ ।

समाचार स्रोतको भनाइमा नेपाल समाचारपत्रको २०७६ असार ४ गतेको अंकमा ठेक्का बोलपत्रको म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित भएसँगै सेटिङको तथ्य पनि खुलेको हो ।

सो सूचनामा सूचना नं. ०१– २०७५/०७६, मिति २०७६।०१।१६, सूचना नं. ०२–२०७५/०७६ मिति २०७६।०१।१७ र सूचना नं. ०३/२०७५/०७६ मिति २०७६।०१।२५ गते प्रकाशित सूचनामार्फत आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरूको म्याद थप गरिएको छ । बोलपत्रको अन्तिम पेश गर्ने मिति २०७६।०३।२७ गते १२ः०० र बोलपत्र खोल्ने अन्तिम मिति २०७६।०३।२७ गते दिउँसो १ः०० बजे राखिएको छ । र, प्रक्रिया पूरा गरेका सम्पूर्ण ठेकेदारहरूलाई समेत सो दिन बोलाइएको छ ।

स्राेतका अनुसार, ४० अर्बको ठूलो योजना सेटिङमा सञ्चालन गर्न र ठूलो रकम कमिसन हात पार्न मन्त्री रघुवीर महासेठसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको शक्तिको आडमा सडक विभागको महानिर्देशक बन्न सफल केशवकुमार शर्मा लागिपरेको स्रोतको दाबी छ ।

त्यसैकारण आयोजनाको प्रमुखमा उपसचिव तहका कर्मचारी अशोक तिवारीलाई निमित्त प्रथम श्रेणी (सहसचिव)को जिम्मेवारी दिएर आयोजना प्रमुख बनाइएको छ ।

जबकि प्रथम श्रेणी(सहसचिव स्तर)का हुँदाहुँदै तिवारीसँग मोटो थैली हात पारेर मन्त्री महासेठले हुलाकी सडकको प्रमुख बनाएका छन् । मन्त्री, डीजीका लागि कमिसनको डिल गर्न माहिर मानिएका बिचौलिया तिवारीलाई निमित्त आयोजना प्रमुखको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्रीबाट हट्ने हल्ला चलेको समयमा रु. ४० अर्बको ठेक्काको आव्हान गर्दा पूरा गर्नुपर्ने आधारहरू मुआब्जा वितरण, एईई आइईई र अख्तियारको निर्देशन पूरा नै नगरी सार्वजनिक खरिद नियम कानून उललंघन गरेर गरिएको छ ।

स्राेतका अनुसार, ४० अर्बको ठेककाको सेटिङ मिलाउन मन्त्री महासेठ, डीजी शर्मा र आयोजना निर्देशक तिवारी, सडक विभागका केही डीडीजीहरू आजभोलि साँझ विहान र शनिवार पनि ब्यस्त हुने गरेको मन्त्रालय स्राेत बताउछ ।

यही सिलसिलामा २०७६ असार २१ गते शनिवार पनि मन्त्री, सडकका डीजी, डीडीजी मन्त्रालयमा ब्यस्त रहेका थिए । ४० अर्बको ठेक्का सेटिङमा दिंदा ५ प्रतिशत पीसी हात लगाउँदा कम्तीमा पनि रु. २ अर्ब हात पर्ने सडक विभाग स्रोतको दावी छ ।

यति ठूलो परियोजनामा बोलपत्र खोल्दा प्रक्रिया पूरा गरेका अन्य ३–४ जना ठेकेदारलाई मुख्य ठेकेदारले कुल रकमको केही प्रतिशतका दरले हुन आउने रकम बाँड्ने र ठेक्का दाबीको प्रक्रियाबाट उनीहरूको दाबी हटाउने भरमग्दुर प्रयास गर्ने गर्छन् । त्यसका लागि हरेक साँझ सेटिङका लागि बैठक समेत आयोजना हुने गर्छ ।

योग्यता पुगेका ठूला ठेकेरदारहरूले ठूलो रकमको बजेटबाट रामै्र पैसा आर्जन गर्न सक्नेछन् । मूल ठेकेदारले मन्त्री, महानिर्देशकलगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूलाई कमिसन दिएर ठेक्का हात पार्ने तर कामचाहिँ नगर्ने, गरिहाले कमसल खालको काम गर्ने, समयमा काम सम्पन्न नगर्ने परिपाटी पछ्याउँदै आएका छन् ।






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस