कुवेतबाट सरकारलाई प्रश्न – दुई तिहाइले जन चाहना समेट्न नसकिएकै हो त ?

सम्माननिय प्रधानमन्त्री ज्युलाइ एक नेपाली नागरिक नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमती चाहन्छु ।
हामीसँग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ म जस्ता लाखौ युवाहरू अन्योलमा परेका छन। म फेरी यसरी आफनो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर बिल्ला लगाउन पनि तपाइ पछि पर्नु हुन्न यो सर्वाबितितै भएको कुरा हो ।

जनचाहना के हो ? र आजको आबश्यकता के हो भन्ने जानकारी नभएको जस्तो भान हुन्छ हिजो आज सरकारको गतिबिधि र दैनिक कार्यबिधि हेर्दा र देख्दा कुनै पनि बिषयलाइ अनुमोदन गर्दा बिना छलफल र सहकार्य बिना कार्य अगाडि लैजादा अन्योल सृजना हुन्छ भन्ने कुरा जानकारी नभएको हो कि शक्तिको मात लागेको या “मेरो गोरूको बाह्रै टक्का” भन्ने भएको हो । आज लाखौ युवा अन्योलमा परेका छन । तर्सथ यस्ता कार्यले नत कार्यकतालाइ फाइदा नत जनतालाइ फाइदा मात्र प्रतिपक्षलाइ आगोमा घ्यु हाल्ने बाहेक अन्य कुनै फाइदा गर्दैन त्यसकारण बुहत छलफल र निष्कर्षबाट नै यस्ता बिषयमा अनुमोदन गर्दा सरकालाइ पनि फाइदा र जनतालाइ पनि आशा पलाउछ ।

दुई तिहाइ मार्फत तपाइले धैरै बिषयलाइ अनुमदोन गर्न सक्नु हुन्छ । अहिले जनताका मुलभुत समस्या के हो भन्ने कुरा तपाइ पनि जानकार हुनुहन्छ । त्यसकारण सरकारले गर्न सक्ने काम कर्त्वय दाइत्व धैरै छन्। त्यसैतै जनचाहना पनि धैरै छन तर यो जनचाहनालाइ कसरी अनुमोदन गर्ने भन्ने कुरा यो सरकारको काँधमा छ ।

जनताका चाहना असिमित हुन्छन हुनु पनि पर्छ तर तपाइले हाम्रो शिक्षा स्वास्थ्य र रोजगारीमा अलिकति ध्यान दिने हो भने लाखौ युवा विदेश पलाएन हुनबाट रोक्न सकिन्छ । सरकारले दैनिक असारे बजेट मार्फत अरर्बो रूपैया खर्च गरेको यस्तो कामले न विकाश हुन्छ न जनताले राहत र प्रतिफल पाउछन मात्र बजेटलाइ सिध्याउने खेल बाहेक अरू केहि पनि उपल्बध हुदैन त्यसकारण यस्तो दैनिक अरर्बो खर्च हुने पुँजी उद्योग कलकारखाना कृषि सिँचाइमा किन लगानी गर्न सक्दैन? यो सरकारले आजको पेचिलो बिषय यहि हो । उखान टुक्कामा अन्य बिषयमा खर्च गर्ने समय यता ध्यान गए जवाफ कामले दिन्छ शब्दले होइन ।

कृषिमा र सिँचाइमा मात्र सरकाले ध्यान दिने हो भने अरबौँ आयात गर्ने धान चामल तरकारी हामी परनिर्भरको अन्त्य गरी निर्यात गर्न सक्षम हुने थियौँ । बेरोजगारी लाखौ युवा अरबको पँचास डिग्रि घाम खाने अबस्थाको अन्त्य हुने थियो । गाँस बास कपासको निस्चित हुने थियो जय ऒली सुखको संसारमा रमाउने बातवरण सृजना गर्नु भयो हजुरको भलो होस भोलि भनि गित सडक देखि सदन सम्म बज्ने थियो ।

अहिले समाजिक संजालमा बिषेश गरी स्वास्थ्य सम्बन्धि समस्या लिएर सहयोगको अपेक्षा गरी कष्टका चित्रकार बाहिर आउछन दुइ तिहाइको सरकाले दैनिक असारे बचेट मार्फत अरबौँ खर्च गर्न तत्पर छ तर स्वास्थ्य जस्तो जटिल बिषयमा किन जनताको पहुच पुराउने वातावरण सृजना गदैन । यो सरकारले अरू केहि नगरे पनि स्वास्थ्यमा पुर्ण निशुल्कको ब्यबस्था गर्ने हो भने मात्र पनि जनताले ठुलो राहत महसुस गर्ने छन । प्रधानमन्त्री पनि मिर्गोला पिडित हुनुहुन्छ रोगको समस्या र खर्चको बिषयमा पनि यहाँलाइ पुर्ण जानकारी छ । त्यसकारण सरकाले जति सक्दो छिटो बिमा मार्फत हल गर्ने वा अन्य तरिकाबाट जनताको स्वास्थ्य पहुच पुरयाउने यो बिषयमा अलि गम्बिर भएर सोच्ने समय आएको छ । जति सक्दो छिटो स्वास्थ्यमा पुर्ण निशुल्क लागुहोस सरकारसग पैसाको अभाब छैन मात्र सोच बिचारको अभाब हो दुर दृस्टि लामो भिजन प्रयोग गरी यो समस्याको अन्त्य होला भन्ने अपेक्षा राख्दछु ।

इतिहासको प्रत्येक पानामा तपाइलाइ भावी सन्तातिले सम्झने छन । शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टि गर्ने हो भने अबको तिस बर्ष ने क पा राज्य सता समालेर देशलाइ आमुल परिर्बतन गर्न सक्छ जनताले चाहेको कुनै दल होइन मात्र चाहाना हो विकाश र समृदि दैनिक जनताका समस्या सम्बोधन होस गाँस बास कपासको लागी देश छोडेर प्रदेश हिडने समयको अन्त्य होस ।

अहिले हाम्रो चाहना भनेको स्वास्थ्यमा पुर्ण निशुल्कको ब्यबस्था होस भोलि बिरामी हुदा भएको सबै सम्पति बेचेर उपचार गराउनु पर्ने समयको अन्त्य होस सबैले आफनो ठाउबाट यो बिषयमा आवाज उठाउने प्रयत्न गर्रौं भोलिका यस्ता रोगको निवारण गर्ने संकल्प गर्रो यो नै जनताको चाहना हो ।

लेखक, कमल(तिलकभक्षेत्रडारी)






Related Posts
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • कियाचु कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ मा हुने
  • एनआरएनए सुधारको लागि डा. केशव पौडेलको सुझाव
  • नेपाल आइडल बुद्ध लामा आउदो जनवरी २४ तारिखमा कतार आउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा

    थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित

    आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस