अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले सांगीतिक धमाकाका साथ बार्षिक उत्सव मनाउने


परदेशी खबर / जुलाई ७, कुवेत l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको जनबरी ३ तारिक शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ l

गत जुलाई ५ तारिक शुक्रबार मुर्गाबको गुल्सन होटेलमा डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो l
समाजले कुवेतमा यसअघि पनि डान्सिङ स्टार, सिङ्गिङ स्टार लगायतका कार्यक्रम सम्पन्न गरेको समाजले गत जनवरी २०१९ मा अतिथी कलाकार खुमन अधिकारि जस्ता चर्चित राष्ट्रिय कलाकार ल्याएर सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो l

उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले विनम्र अनुरोध गरेका छन् साथै कुन कलाकार ल्याउने भन्ने बारेमा र कार्यक्रम हलको बिषयमा टुंगो लागिनसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष डोलराज न्यौपानेले बताएका छन् ।






Related Posts
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

    काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस