कुवेतमा एक नेपाली कामदारको निधन

परदेशी खबर / जुलाई ६, कुवेत l बागलुङ जिल्ला गल्कोट घर भएका सन् २००८ साल देखि कुवेतमा कार्यरत अन्दाजी ४० वर्षीय तारा बहादुर बिकको हिजो जुन ५ तारिक शुक्रबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको छ ।

श्रोतका अनुसार मृतक तारा बहादुरलाई अकस्मात उच्च रक्तचाप (ब्लड प्रेसर)भएपछी साथीहरुको सहयोगमा गत जुन १ तारिखमा उपचारका लागी फर्वानिया अस्पताल पुर्याइएको बिकको प्रेसरको कारण टाउकोमा असर परेको उपचारमा संलग्न डाक्टरले बताएको छ l

सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएको बुझिएको छ ।

मृतक बिकको घरमा श्रीमती, दुई छोरा र आमाबाबु छन् । तारा बहादुरको कुवेतको कमाईले खर्च धानिरहेको उनको परिवार तारा बहादुरको मृत्युसँगै आय श्रोत बन्द भएकोले शोक र पिडामा डुबेको सहकर्मी बसन्त पंगेनीले बताए ।

घटनाको बारेमा कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ ।






Related Posts
  • विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु
  • संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण
  • युएईको दुबईमा प्रवीणराज घलेको निधान
  • पछिल्ला सम्प्रेसणहरु

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु

    नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्री लाई बुझाए ज्ञापनपत्र

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस