एसईईमा उतिर्ण अंक ल्याउने छात्रछात्रा र रगत दान गर्ने व्यक्तिहरुलाई सम्मान

लामा भाई, काठमाण्डौ

असार २१ –  सत्यदेवी काठमाण्डौ सम्पर्क समाजले आज मिति २०७६ असार २१ गते शनिबारका दिन सामाखुसी स्थित मेगा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजनागरि एसईईमा उतिर्ण अंक ल्याउने छात्रछात्रा र रगत दान गर्ने व्यक्तिहरुलाई खादा र सम्मान पत्रले सम्मान गरेका छन् ।

गत जेष्ठ १८ गते गोंगबुस्थित महादेबटार हाइट गुम्बाको प्राङ्गणमा “रक्तदान जिवानदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा रगत दान गर्ने ४९ जना व्यक्तिहरुलाई उच्च सम्मानको कदर गर्दै स- धन्यवादसहित सुख, शान्ति र समृद्धिको कामनाका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो। यो २०७६ सालको एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका सत्यदेवीकै  ८ जना छात्रछात्रालाई पनि हार्दिक बधाई तथा उच्च शिक्षा एवं उज्वल भविश्यको कामनासहित पुरस्कार र सम्मान पत्रले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष मर्नेन तामाङ्गको सभापतित्वमा, प्रमुख अतिथि पुर्व राज्यमंत्री दिलमान पाख्रिनको हातबाट दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा बिशेष अतिथि पुर्व पर्यटन मंत्री परशुराम तामाङ्ग, अतिथिहरुमा स्रोत केन्द्र अर्जुन रिजाल, वाइबा समाजका अध्यक्ष बिगेन्द्र तामाङ्ग र म्हेन्दोमाया कलाकार संघ नेपालका सचिव उबी मोङ्ग्रेशा लगायत पत्रकार, कलाकार र सत्यदेवीबासिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो

कार्यक्रम संस्थाका सचिव राम प्रसाद रिजालले संचालन गरेका थिए भने उपध्यक्ष राम गोम्जाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अतिथिहरुले हार्दिक बधाई तथा हौसला दिदै अबको कलेज जीवनमा जिल्ला प्रथम र नेपाल प्रथम भएको देख्न पहोस भन्दै बिधार्थीहरुहरुलाई शुभकामना मन्तब्यबाट शुभकामना दिएका थिए ।

यस संस्थाले गत बर्षदेखि एसइइमा उतिर्ण अंक ल्याउने सत्यदेविका बिधार्थीहरुलाई पुरस्कार र सम्मान पत्र दिदै आएको छ । एसईई परिक्षामा गरेको मेहनत सफल भई पुरस्कृत र सम्मान पत्र पाएकोमा छात्राछात्राहरु निकै खुशी भएका छन् ।

 






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस