तमू समाज कुवेतद्वारा आयोजित छैटौ रक्तदान कार्यक्रम सम्पन्न, ११२ जनाले गरे रक्तदान

सुरेश गुरुङ/६ जुलाई, कुवेत। “रगतदान जीवनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ।
समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने ११२ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न औपचारिक कार्यक्रमलाई ब्लड बैंकका प्रतिनिधि डा. जाबर, पब्लिक रिलेशन हेड मोहाम्मद र तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए ।

औपचारिक कार्यक्रममा सभालाई सम्बोधन गर्दै महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकारसँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु भयो, साथै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज, कुवेतलाई धेरै धेरै धन्यवाद दिनु भयो । मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि द्रय डा. जाबर र मोहाम्मदले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो।


समाजका उपाध्यक्ष याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं छैटौ रक्तदान कार्यक्रमका संयोजक राजु गुरुङले जीवन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने नेपाली राजदुतावास, नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सबैलाईलाई धन्यवाद ज्ञापन गरेका थिए साथै यस कार्यक्रमलाई सफल बनाउन बैचारिक रुपमा सहयोग गर्नु हुने अन्तरराष्ट्रिय नेप्लिज ब्लड डोनर्स प्रती हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । कार्यक्रम बेलुकी ६:३०बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:

१) यातायात तथा पिउने पानी सौजन्य – तमु समाज कुवेतका सल्लाहकार समिति

२) पेय पदार्थ जुस सौजन्य – भेद गुरुङ र योजान लिम्बु

३) ब्यानर सौजन्य – हिमालय नेपाली रेस्टुरेन्ट, माहाबुल्ला

४) पेय पदार्थ चिया कफी सौजन्य – माया गुरुङ

५) सेनिटेसन आईटम सौजन्य – सरस्वती गुरुङ

६) मगर संघ कुवेत

७) डम्बर रिमाल

यातायात ब्याबस्थानमा सहयोग:
१, शुक गुरुङ
२, किरण गुरुङ
३, रुप गुरुङ
४, सुरेश गुरुङ

टेक्निकल सपोर्ट:
१, याम गुरुङ
२) अमृत गुरुङ






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस