हरि कंडेलको अगुवाइमा घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै दुतावासमा ज्ञापन-पत्र 

परदेशी खबर / जुलाई २, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा आज जुलाई २ तारिक २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापन-पत्र बुझाएको छ l

 

कुवेतका राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी र मिनिस्टर अफ काउस्न्सिलर प्रकाशमणी पौडेलको उपस्थितिमा संघर्ष समितिको संयोजक हरि कंडेल लगाएत समितिका पदाधिकारी र सदस्यहरु द्वारा हस्तक्षरीत ज्ञापन-पत्र श्रम सहचारी ज्ञानेन्द्र शर्माको हातमा बुझाएको जानकारी जागृती युवा समाज कुवेतको अध्यक्ष टिकाराम आचार्यले दिएका छन् l

खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएको घरेलु कामदारहरुको लागि यो पेशा असुरक्षित रहेको ठहर गर्दै नेपाल सरकारले सन् २०१४ देखि घरेलु कामदार पठाउन पूर्ण रुपमा रोक लगाएको छ l सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति दिनमा रोक लगाएसंगै घरेलु कामदारको रुपमा काम गर्दै आएका कामदारहरुलाइ छुट्टीमा घर गएर पुनः कामको लागि आउन समस्यामा परेकोले नयाँ भिषामा आउनलाई बन्द गरेता पनि पुराना घरेलु कामदारहरुलाइ श्रम स्वीकृति दिएर काम गर्न सहजीकरण गराउनको लागि ज्ञापनपत्र बुझाएको आचार्यले बताए l

ज्ञापन-पत्र जस्ताको तस्तै 






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस