कुवेतमा जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा सहित छैटौ रक्तदान कार्यक्रम हुदैँ

परदेशी खबर/२ जुलाई, कुवेत। रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको लागि सम्पुरण तयारि  पुरा भएको जानकारी समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन्।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुवेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

छैटौ रक्तदान कार्यक्रम स्थल सम्मा आउन जानको लागि समाज ले कुबेतको बिभिन्न ठाँउ हरु बाट यातायातको नि:शुल्क सुबिधा गरेको छ। जस्तै ११ बजे KFC बस स्टप फाहाहिल ११:१५ बजे सुल्तान सेन्टर बस स्टप मङाफ ११ :३० फ्राइडे होटेल बस स्टप महाबुल्ला ११:४०लण्डन ब्रीज बस स्टप फेन्तास हुँदै सबसालिम हुँदै कार्यक्रम स्थल सम्म यातायातको लागि किरण गुरुङ लाई संपर्क गर्नु होला संम्पर्क गर्नु होला संम्पर्क न:६७७१३६७४ र जिलिब,फर्वानिया,खैतान,को लागि भिम गुरुङ लाई सपर्क गर्नु होला, ११ बजे जिलिब को मखबर बस स्टप,११ :२० बजे फर्वानिया को अल्घानिम अगाडि को बस स्टप,११ :३० बजे खैतन को मेनरोड ब्रीज बस स्टप हुँदै कार्यक्रम स्ठल सम्मका लागि भिम गुरुङ लाई सम्पर्क गर्नु होला संम्पर्क न:५५८११२३५ ,

छैटौ रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।

मिति : ५ जुलाई २०१९ शुक्रबार
समय : दिनको ठिक ०१.०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत

सुरेश गुरुङबाट






Related Posts
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा
  • ३५ जनाको मृत्यु हुने गरि साउदी अरेबियामा बस दुर्घटना
  • विद्युतीय मेसिनले काम गरेन, मतपत्रकै प्रयोग एनआरएनए चुनावमा
  • गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा
  • पछिल्ला सम्प्रेसणहरु

    आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

    स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

    एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस