आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

परदेशी खबर १६ असार २०७६, सोमबार १८:०३ मा प्रकाशित ( ४ साल अघि) २५९ पाठक संख्या


परदेशी खबर / जुलाई १, कुवेतl बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद आर्थिक सहयोग गरेको छ।

आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी पाएपछी उपचारको लागी आर्थिक सहयोग संकलन गरेको र उक्त संकलित सहयोग रकम संस्थाकी सदस्य कविता शाहीले गत आइतबार अस्पतालमै गएर पिडित सिंह लाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् ।

सामाजिक कार्यमा कृयाशिल रहदै आएको दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आयको छ ।

२८ वर्षीया मृगौला पिडित हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेको तिनी अहिले अत्यान्तै कम्जोर अवस्थामा रहेको र सिंहको उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गरेका छन्। उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छन्।