आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडितलाई आर्थिक सहयोग

परदेशी खबर १५ असार २०७६, आईतवार १५:२७ मा प्रकाशित ( ४ साल अघि) २५३ पाठक संख्या

 

परदेशी खबर / जुन ३०, कुवेतl सुदुरपस्चिमेली नेपाली समाज कुवेत द्वारा दुवै मृगौला पिडित धनबहादुर बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट विदेश जानको लागि काठमण्डौ आएका तिनी एकाएक बिमारी भएपछि काठमाण्डौको वीर अस्पतालमा भर्ना भएका थिए । विभिन्न शारिरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट प्राप्त भए पछि अस्पतालमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएपनि आर्थिक अभावका कारण उनी जीवनमरणको दोशादमा रहेका छन्। उनका भाई नरेन्द्रले दुई महिना अघि विर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुदा समस्या भएको र आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।

सहयोगको लागि विभिन्न मिडिया र समाजिक संञ्जालमा अपिल गरेको थाहा पाएपछि सुदुरपस्चिमेली नेपाली बासीको एकता र समृद्ध सुप समाज को परिकल्पनाका अभियन्ता”कर्मठ “इमान्दार “युवा समाज सेवी भिम रावतको नेतृत्वमा संस्थाको आन्तरिक रुपमा उक्त रकम संकलन गरि सहयोग गरिएको महासचिव मान ब.बलायरले जानकारी दिएका छन्।
महासचिव बलायरको अनुसार मृगौला पिडित धन ब.बोहोरा बारे बरिष्ठ-उपाध्यक्ष भिम रावतले संस्थाको आन्तरिक ग्रुपमा जानकारी गराउदै बरिष्ठ-उपध्यक्ष रावतले स्वयम् आफैबाट १०हजार नेपाली सहयोगको घोषणा गर्दै सुरुवात गरेका थिए भने बाँकी संकलित रकम संस्थाका पदाधिकारीहरुबाट संकलन गरि आज संस्थाका अध्यक्ष अमर खड्का र बरिष्ठ उपाध्यक्ष रावतको परिवार द्वारा हस्तान्तरण गरिएको हो। रकम सहयोग ग्रहण गर्दै पिडित धन ब.बोहोरा र भाइ इन्द्र बोहोराले सहयोगी संस्था र सबै सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गरेका छन् ।

सुदुर सांगितिक धमाका २०१९ को तयारी तिब्र रुपमा हुदै

आगामि सेप्टेम्बर २० तारिक शुक्रबारका दिन नेपालबाट कलाकार नेपाल आइडल सिजन टु का रवि ओड मोडल तथा पप गायक चक्र बमको बेजोड प्रस्तुतिका साथ सुदुर सांगितिक धमाका २०१९ को लागि तयारी तिब्र रुपमा हुदै गरेको समाजका महासचिव मान ब. बलायरले जानकारी दिएका छन् l

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना काल देखि विभिन्न मानवि र सामाजिक कार्यमा गर्दै आएको यस संस्थामा कुवेतमा कार्यरत सम्पूर्ण सुदुरपश्चिमेलीहरुलाई आवद्ध हुन पनि आग्रह गरेका छन् साथै आगामी सेप्टेम्बर २० तारिकमा हुन गैरहेको उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण संघसंस्था , बुद्धिजीवी, समाजेवी, पत्रकार,कलाकरु, खेलाडी एवं सम्पूर्ण दिदिबहिनी तथा दजुभाइहरुलाइ गरिमय उपस्थितिको लागि आयोजकले बिनम्र अनुरोध गरेको छ।

सहयोगीहरुको नामावली:

१-भिम रावत रु. १०,०००
२-अ्मर खडका रु. १,८२५
३-पुष्कर खडका रु. १,८२५
४-राजन बम ठकुरि रु. १,८२५
५-निरुमाया खडका रु. १,८२५
६-मान ब.बलायर रु. १,८२५
७-जग बहादुर खत्रि रु. १,८२५
८- पुष्कर धामि रु. १,८२५
९- कालु बुढा रु. १,८२५
१०- धर्म रावत रु. १,८२५
जम्मा रकम २६,४२५ नेपाली रुपैया