आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सरकारको खर्चमा आईफा आयोजना गर्न लागिएकोमा नेकपामै असन्तुष्टि

परदेशी खबर १४ असार २०७६, शनिबार १७:१८ मा प्रकाशित ( ४ साल अघि) १०४ पाठक संख्या

 

काठमाडौँ  नेपाल सरकारको ठूलो खर्चमा इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आईफा) आयोजना गर्न लागिएकोमा सत्तारूढ नेकपाभित्रै विरोध सुरु भएको छ ।

नेकपाका नेता भीम रावलले नेपालको १ अर्ब रुपैयाँ लगानीमा आईफा आयोजना गर्ने निर्णय सरकारले गरेको सुन्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ’ रावलले शनिबार ट्विट गरेका छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ! नेकपाको स्थायी कमिटी बैठक भए जान्न पाइन्थ्यो कि ?’  by kantipur