छैटौं महाधिवेशनको लागि एनआरएनए कुवेतको निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक   

नैनकला राई/ जुन २८, कुवेत l एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन  INN & GO होटलमा  हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ l

निर्वाचन आचार संहिता २०१९ गत २६ जुनमा निर्वाचन आयुक्त शिबप्रसाद कोइरालाको अध्यक्षतामा जय आले, आनन्द आचार्य , नैनकला राई र गणेश रावत रहेका निर्वाचन समितिका सदस्यहरु बसेको उक्त बैठकले पारित गरेको हो  l

एनआरएनएले यस पटक देखि पञ्जिकृत सदस्यताको लागि अनलाइन मार्फत फारम भर्नु पर्ने ब्यबस्था गरेको छ l  पञ्जिकृत सदस्यता फारम भर्नाको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS(Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिनेछ । यसको लागी https://mero.nrna.org/ मा गई Membership Registration भित्र आवश्यक विवरण भर्नुपर्नेछ ।  पञ्जिकृत सदस्यताको लागि शुल्क २ केडी तोकिएको छ भने उम्मेदवारी दिने स्थान र शुल्कको लागि चाडै सूचना मार्फत प्रकाशित गरिने निर्वाचन आयुक्त कोइरालाले  बताएका छनl

निर्वाचन आयुक्त शिबप्रसाद कोइरालाद्वारा हस्ताक्षरित १२ वटा बुदंमा सार्वजनिक गरिएको आचार संहिता जस्ताको तस्तै

 

१. महाधिवेशनमा भाग लिन एनसिसी कुवेतले जारी गरेको पञ्जिकृत सदस्यहरुको परिचय–पत्र अनिर्वाय हुनुपर्ने छ । परिचय पत्रका साथ कुवेतको आवासीय भिषा (सिभिल आईडी÷पताका या आवासीय प्रमाण वा मेडिकल कार्ड) साथैमा हुनु पर्नेछ । यदी निर्वाचन समितिले मागेका प्रमाणहरु उपलब्ध गराउन नसकेको खण्डमा अधिवेशनमा भाग लिनबाट बञ्चित गराइने  छ ।

 

२. कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्ने भएकोले कार्यसमितिमा रहेका पदहरु भन्दा बढीको उम्मेदवारी परेमा निर्वाचन समितिले उम्मेदवारविच सहमतिको लागि पहल गर्ने छ । सहमतिको निचोड नआएमा चुनाव प्रकृयामा जाने छ तर यहाँको कानूनी र राजनीतिक अवस्था हेरी आवश्यक छलफल गरी निर्वाचन समितिको रोहवरमा उम्मेदवारले पुर्वकालिन समयमा एनआरएनएमा दिएको योगदानको आधारमा पदाधिकारी निर्वाचित गर्न सक्नेछ ।

 

३. कार्य समितिमा उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुवेतको कानूनी जटिलतालाई मध्यनजर गर्दै कुनै पनि सञ्चारका माध्यम वा सामाजिक सञ्जालमार्पmत उम्मेदवारी दिने, प्रचार प्रसार गर्ने जस्ता निर्वाचनलाई अतिरञ्जित गर्ने किसिमका व्यानर, फोटो वा आफ्ना भनाइ लगायतका कृयाकलाप गर्न पाइने छैन । यदि कोही कसैले उपरोक्त निषेधित कृयाकलाप गरेको पाइएमा त्यस्ता व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनबाट बञ्चित गरिनेछ ।

 

४. कुनै पनि उम्मेदवारका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिले उम्मेदवारी दिन पाउने छैन । साथै कुनै पनि उम्मेदवारले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने   छैन । यदि प्रस्तावक वा समर्थकले उम्मेदवारी दिएको पाइएमा वा एक पदका लागि उम्मेदवार भएको व्यक्तिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको पाइएमा प्रस्तावक र समर्थक बस्ने उम्मेदवारको उम्मेदवारी स्वत खारेज हुनेछ ।

 

५. कुनै पनि सदस्य तथा उम्मेदवारले कुवेतको कानून विपरीत व्यानर, पम्पेटिङ्ग, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन । धर्मिक, राजनैतिक, जातयि वा क्षेत्रीय नारा प्रचार प्रसारमा ल्यउनु पाउने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चित्रण, गाली गलौच÷अपशब्द जस्ता अमानवीय कार्यहरु गरेको प्रमाणित भएमा कार्वाही स्वरुप निर्वाचन समितिले उम्मेदवारी नै वदर गर्न सक्नेछ ।

 

६. निर्वाचन समितिका कुनै पनि निर्वाचन सदस्यहरुले कुनै पनि पदको हक दावी गर्न पाउने छैनन् । उम्मेदवारको प्रस्तावक, समर्थक बन्न वा महाधिवेशनको अवधि भर कुनै पनि उम्मेदवारको पक्ष÷विपक्षमा वोल्न या सघाउन पाउने छैनन् ।

 

७. उम्मेदवारहरुले आफ्नो प्यानल खडा गरी समूहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नलाई समेत यो आचार संहिताको उलंघन मानिने छ र निर्वाचन समितिले आवश्यक कार्वाही गर्नको साथै उम्मेदुवारीबाट समेत बन्चित गराउन सक्नेछ ।

 

८. कार्य समितिमा उम्मेदवारी दिन चाहने उम्मेदवारहरुको योग्यता देहाय वमोजिम हुनेछ ः   राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको उमेदवारीका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानको दफा २३.११ लागु हुनेछ । अध्यक्ष पदको उमेदवार बन्नको लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी भै एक कार्यकाल पुरा गरेको हुनुपर्नेछ । अन्तर्राष्ट्रिय परिषदको सदस्यको हकमा कम्तीमा १ कार्यकाल पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला प्रतिनीधि) भएर कार्य गरेको हुनु पर्नेछ । अन्य कार्यकारीको हकमा कम्तीमा २ वर्ष कुवेत बसेको तथा गैर आवासीय नेपाली संघको साधारण सदस्य भएको व्यक्ति हुनु पर्नेछ ।

 

९. कुनै समुह वा ब्यक्तिले समुहगत रुपमा शुल्क तिरी निर्वाचनलाई प्रभाव पार्ने किसिमले पञ्जिकृत सदस्य बनाउन पाउने छैनन् ।

 

१०. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष, उपाध्यक्ष्य, महासचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी पदका लागि उम्मेदवारी दिन चाहने व्यक्तिले कुवेत स्थित अन्य संघ संस्थाको प्रमुख पदवाट पद त्याग गरि आउनु पर्नेछ । (प्रमुख पद भन्नाले अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई चिनिन्छ)

 

११. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा उमेदवारी मनोनयन पछि उमेदवारको विरुद्ध गैरकानूनी तथा गैर जिम्मेवारीपूर्ण काम गरेको उजुरी आएमा साथै कुवेतको कानून विपरित कृयाकलाप भएको ठहर भएमा वा यस संघको पुर्वकालमा कुनै पनि पदमा रही बेरुजु फछ्र्यौट नभएको पाइएमा निर्वाचन समितिले निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारी रद्द गर्न सक्नेछ ।

 

१२. उम्मेदवारी फिर्ता लिने समय समाप्त भैसकेपछि उम्मेदवारी बापत बुझाइएको शुल्क फिर्ता हुने छैन ।

 

क्र.सं. कार्यक्रम   मिति समय

१    नयाँ सदस्यता दर्ता तथा नविकरण   १९ जुलाइ २०१९ शुक्रबार राती १० बजे सम्म

२    सदस्यता नामावली सार्वजनिक २० जुलाइ २०१९ शनिबार दिउँसो १ बजे

३    उम्मेदवारहरुले उम्मेदवारी दिने २० जुलाइ २०१९ शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म

४    उम्मेदवारहरुको प्रथम सूची प्रकाशन  जुलाइ २० तारिक शनिबार     राती ९ बजे

५    उम्मेदवार विरुद्ध दावी बिरोध तथा उजुरी  २२ जुलाइ २०१९ सोमबार साँझ ५ बजे सम्म

६    उम्मेदवारले उम्मेदवारी फिर्ता लिने   २५ जुलाइ २०१९ बिहिबार साँझ ५ बजे सम्म

७    उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन २६ जुलाइ २०१९  साँझ ५ बजे

८    छैटौं राष्ट्रिय महाधिवेशन         २ अगष्ट २०१९ शुक्रबार    बिहान ११ बजे देखि






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस