सामाजिक अभियानमा “भेडी गोठाले” जापानमा प्रदर्शन हुँदै

जुन २६, पोखरा l आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृति मा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्र्हों छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयोगको लागि तमु धिं जापान को आयोजना र जापान मनि ऐक्चेन्ज को सहायोग मा ‘शो’ गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।

जपानको टोकीयो रोधीघर, सिन्कुवोमा दिनको १२ बजे च्यारेटी शो हुने भएको छ । यसअघि विश्वका ५, ६ वटा मुलुकमा फिल्म भेडि गोठालेले ब्लक बस्टर शो गरि सकेको छ । यु ए ई , कतार, नेदरल्याण्ड, युके, अमेरिकाका ५ वटा सिटी, पोखरा, काठामाडौं र इन्डियामा फिल्मले च्यारेटी ‘शो’ गरि सकेकोक छ ।
फिल्मको ‘शो’ बाट उठेको रकम नितान्त समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिए । उनका अनुसार ‘तमु प्ये ल्हु संघ लमजुङ’ले लमजुङमा गरेको पहिलो शो बाट उठेको सबै रकम लमजुङकै ‘क्वाई बु धिं’ (तमुहरुको धार्मिक पवित्तत्र स्थल) तथा सांस्कृतिक संरचना भवन निर्माणको लागि सहयोग गरिएको थियो । यस्तै, हङकङमा गरिएको दोस्रो शो बाट उठेको रकम १० लाख रुपैयाँ लामो समयदेखि समाज सेवामा जुट्दै आएको ‘मिलन फाउन्डेसन नेपाल’लाई सहयोग हुने गरि मिलन ट्रष्ट मा अक्ष्यकोषमा राखिएको थियो ।

ए ई र कतारमा प्रदर्शन बाट उठेको रकम पनि सत प्रतिसत लमजुङ क्वाईबु धिं भवन निर्माण समिति ( तमु प्ये ल्हु संघ लमजुङ ) लाई हस्तान्तरण गरिएको थियो ।
मखमलि आमा समुह दोर्दी लमजुङको आयोजनामा काठमाडौं र पोखरामा गरिएको शो बाट उठेको सत प्रतिसत रकम ‘मखमलि आमा समुह’को भवन निर्माणको लागि हस्तानतरण गरिएको थियो । अमेरिकाको ५ वटा सिटीमा गरिएको शो बाट उठेको रकम अमेरिकाबासि नेपालीहरुले सञ्चालन गरेको संस्थालाई सहयोग गरिएको थियो । यस्तै, बेगनास ताल तमु समुहले पोखरामा गरेको शो बाट उठेको रकम बेगनास तालको ‘तमु समाज’को सहयोगका लागि हस्तान्तरण गरिएको थियो ।
फेदीं खोला युवा क्लबले स्याङ्जामा गरेको शो बाट उठेको रकम युवाहरुको उत्थानका लागि सहयोग गरिएको थियो । यस्तै, युकेमा गरिएके शो बाट उठेको रकम १५ सय पोन्ड र फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’को ५ सय पाउण्ड थपि २ हजार पाउण्ड तमु प्ये ल्हु संघ युकेको क्वाई बुं धि भवन खरिद गर्नका लागि सहयोग गरिएको थियो ।

गोर्खाली रेडियो पोखरा र साेपाल तमु समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा गरिएको दोस्रो शो बाट उठेको रकम द्वन्द पिडित आमा लिला गुरुङलाई सहयोग गरिएको थियो । यस्तै अन्य शो बाट उठेको रकम पनि सामाजिक सेवामा कार्यरत संघ सस्थाको सहयोगका लागि खर्च गरिएको थियो ।
फिल्मले आदिवासी जनजाति फिल्म फेस्टिवलको तर्फबाट ‘वेष्ट पब्लिक च्वाइस’ र ‘वेष्ट एक्टर’को अवार्ड समेत हात पारेको छ । विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा फिल्मको निर्माण भएको हो भने फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’को रहेको छ ।






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस