बन्द हडतालको राजनिति अब किन र कस्को लागी?

राजनितिको नाममा बिभिन्न काल खण्डमा धैरै आँधीहुरी आयो। हामी अनुमान गर्न सकिन्छ २००७ देखि २०७६ सम्म आइपुग्दा धैरै परिर्वतनका आवज आयो बिबिध तन्त्र पनि परिवर्तन भयो तर तन्त्र नाम भनेको मात्र नेताका जिवन शैलि परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्व गर्ने खालका काम भएको देखिदैन।हामी एक सचेत नागरिक भएर सोच्ने बेला आएको छ । राजनिति किन र कस्को लागी गरिदै छ एक पटक हामी सबैले आफ्नो ठाँउबाट सोच्नु पर्छ यस्को अर्थ राजनिति गर्न हुदैन भन्ने होइन l राजनिति गर्न नागरिकलाइ स्वत्रन्त्र छ तर स्वत्रन्त्रको नाममा संविधानमा बर्खिलाप हुने कार्य कसैले गर्नु र गराउनु हुदैन ।

यदि साच्चै जनताको लागी राजनिति गर्ने हो कि, ब्यक्तिबाद राजनिति गर्ने हो ? यदि जनताको लागी राजनिति गर्ने हो भने अब बन्द हडताल आंतक हतियार किन र कस्को लागी चहियो? त्यसकारण अब हिंसा हत्या आंतक राजनिति होइन खुल्ला प्रतिष्पर्धाबाट नयाँ अबधारण सहितको खुल्ला मैदानमा बहस गरी अगाढि बढ्ने कि?
हामी २०५२ फागुनबाट सुरूवात भएको युद्धको यात्रा कति ठिक र बेठिक थियो समिक्षा गर्ने समय आएको छ । त्यो लामो सर्घष र बलिदानबाट आज हामी नेपाली नागरिकले कस्तो खालको परिवर्तन पाए? युद्रमा घाइते बेपता सहादत भएका नागरिक परिवारले कस्तो राहत प्राप्त भयो हिजो युद्र कमान्ड गरेको एक समुह राज्यसता समालेको छ त्यो समुहबाट ति सहिद बेपता घाइते कस्तो राहात प्राप्त गरे त्यो एकपटक समिक्षा गर्न बिन्रम अनुरोध गर्दछु । हिजो सगै युद्धमा जिवनको बाजि लगाएका कमरेडहरू मन्त्रालय सम्हालेर बस्नु भएको छ अर्को योद्धा लडाइमा घाइते भएर आज उपचार नपाएर मलाइ उपचार गर्न आर्थिक अभाब भयो भनेर कुरा राख्दा अन्धो गोरूलाइ बाह्रा महिना हरियो जस्तो गरी कानमा तेल हालेर बस्ने? कतिपय पिडित योद्धाले आत्महत्या प्रयाश गरेको तपाइ हामीले देखेको सर्वाबिदितै छ ।
हिजोको बन्दलाइ हामी अनुमान गर्न सकिन्छ यो बन्दले नागरिकलाइ कस्तो अनुभुति भयो र ज्यालदारी मजदुर गरी खाने नागरिकलाइ कस्तो असर भयो स्कुल कलेज पठन पाठन ले झन्डै असि लाख बिद्यर्थि पढन बाट बञ्चित भए सामुदायिक सताइस हजार र निजि सात हजार ठप्प भए? यसको प्रत्क्षय असर तपाइ हामीलाइ कि बन्दकर्तालाइ? आजको प्रश्न यहि होl

अब खुल्ला बहस गरौँ,  राजनितिको नाममा जनतालाइ आंतक र भ्रमको खेति बन्द गरौँ हामी सचेत नागरिक भएर युबा मैत्रि बाताबरण बनाएर राजनितिको अध्या सुरु गर्रो यसैमा सबैको भलो र हित हुनेछ । अहिले हाम्रो मुलभुत समस्या भनेको बेरोजागरी हो यस्लाइ कसरी हल गर्न सकिन्छ यो यात्राको तय गरने प्रयाश गर्रो । अहिले संघियता आएपछि सतहत्तर जिल्लालाइ सात प्रदेश र ७ सय ५३ स्थानिय निकाय बनाइएको छ। बरू कसरी हुन्छ हरेक सक्षम नागरिकले आफनो प्रदेश र स्थानिय निकायमा उपल्बध स्रोत साधनको पहिचान गरी रोजगारी सृजना गर्रो शिक्षा स्वास्थ्य निशुल्क गर्रो बल्तकार हत्या जस्ता घटना गराउने पशु मानिसकतालाइ फासीको ब्यबस्था गरी सभ्य समाजको निमार्ण गरी लिक्वान र महाथिर जस्तो नेतृत्वको बिचार दर्शनलाइ ग्रहण गरौँ। इतिहासको पाना पानामा आफनो कृति राखने प्रयत्न गरौँ। पदको लोभ गरी आफनो सबै इज्जत प्रतिष्ठा समाप्त गर्ने प्रयाश बन्देज गरौँ। उदाहरणका लागि हामी क. मदन भण्डारीलाई लिन सकिन्छ जुन हिजो उहाँको कार्यकालमा कुनै राज्यसत्तामा बसेर कुनै पद गहण गनुभएन र पनि आज उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्छ । त्यसकारण अग्रजको बिचारलाइ मनन गरी सभ्य समाज निमाण गर्ने आजको आवश्यकता हो ।
सुन्दर शान्त विशाल नेपाल निमार्ण गर्ने अभियानमा सरिक बनौं यो नै आजको हाम्रो जन चाहाना हो ।

लेखक : कमल भण्डारी






Related Posts
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस