जनसम्पर्क समिति कुवेतद्धारा आयोजित जागरण अभियानको तयारी पुरा

कुवेत, २३ जुन- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण” ले परदेशी खबरलाई जानकारी दिएको छ ।

कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला र बिदेशका ३३ शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाइरहेका बेला कुवेत शाखाले पनि उक्त अभियानलाई प्राथमिकताका साथ मनाउन लागेको बताएको छ।

शुक्रबार उपसभापति माधब शर्माको सभापतित्वमा फर्वानियास्थित संगठन प्रमुख ज्ञान बहादुर खड्काको निवासमा बसेको समितिको बैठकले जिलिबको पपिन्स हलमा सो जागरण अभियान कार्यक्रमलाई धुमधामका साथ मनाउने तयारी पूरा भएको समितिले जनाएको छ।

साथै नेपाली जनसम्पर्क समिति कुवेतले आउदो अगस्त १६ तारिख शुक्रबारका दिन नेपालबाट पाल्नुहुने प्रमुख अतिथिको साथमा तेश्रो अधिवेशन गर्ने बताएको छ। जनसम्पर्क समिति कुवेतले नयाँ सदस्यतापत्र वितरणको सम्पुर्ण विवरण पनि सोही अधिवेशनको दिन बुझाउने जानकारी दिएको छ।

तपशिल :

  • मिति : २८ जुन २०१९
    समय : दिउँसो २ बजे
    स्थान : पपिन्स हल जिलिब
    आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।





Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस