आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेफेसो कुवेत र अन्तरराष्ट्रिय नेपाली समाज बीचको एकता घोषणा सम्पन्न ,नेपाली समाज गठन गर्दै निर्मल स्याङ्तान अध्यक्षमा चयन

परदेशी खबर ७ असार २०७६, शनिबार ०५:३६ मा प्रकाशित ( ४ साल अघि) २६८ पाठक संख्या

 

Image may contain: 4 people, including Nirmal Syangtan, people standing

 

परदेशी खबर /  २२, जुन कुवेत । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रिसंगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा कुवेतको रहेको दुई भात्रिसंगठन नेपाली सङ्घीय समाज नेफेसो कुवेत र अन्तरराष्ट्रिय नेपाली समाज कुवेत बीच ऐतिहासिक एकता घोषणा गरी ‘नेपाली समाज कुवेत’ गठन गर्दै निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गरेको छ् ।

 

कुवेतको फार्वानिया स्थित २१ जुन २०१९को युनिक अडिटोरियम कार्यक्रम हलमा भएको उक्त कार्यक्रम  नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ्ग राई र अन्तर्राष्ट्रिय नेपाली समाज इन्स कुवेतका अध्यक्ष निर्मल स्याङ्ग्तनको संयुक्त सभापतित्वमा अन्तरराष्ट्रिय नेपाली समाजको संस्थापक संयोजक नारायण पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न एकता घोषणा कार्यक्रम विशिष्ठ अथिति आईसिसि को अर्डिनेटर अमीत चामलिंग राई, अथितिहरु एन आरएनए कुवेतका महासचिव हरि लावती, नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी , सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का,सिर्जनसिल युवा समुहका अध्यक्ष पुस्कार सिंह धामी,किराँत राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राई लगायत कुवेतमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,पत्रकार , कलाकर्मी लगायतको उपस्थिति रहेको थियो थियो।

 

सभापतिद्वय,प्रमुख अतिथि,विशिष्ठ अतिथि लगायतले पानसमा बत्ति बालेर  उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान द्वारा औपाचारिकता दिदै सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो । स्वागत मन्तव्य कोमल अधिकारीले गरेको थियो भने कार्यक्रमको सहजीकरण जयनारायण थारु, लोक याम्फु खखुरा र आकाश शेर्पाले संयुक्त रुपमा  गरेको थियो । नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी,शिर्जनशील युवा समाजका अध्यक्ष पुस्कार धामी,प्रवासी नेपाली समाजका उपाध्यक्ष युवाराज गैह्रे,आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात यायोक्खाका अध्यक्ष मन्जित राई,सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का,राजकुमार वान्तवा राई,सुजन केसी,सिन्हामान लोप्चन,आईसिसि कोअर्डिनेटर अमित चाम्लिङ्ग राई लगायतले शुभकामना मन्तव्य दिदैं नेपाली राजनीतिको परिवर्तन संगै गठन भएको समाजवादी पार्टीले नारा जस्तै सङ्घीयता,सुशासन,समृद्धि र समाजवाद जस्तै गरि निस्पक्ष राजनीतिको लागि समाज र देशको हितमा रहन र स्वार्थ भन्दा माथि उठेर लाग्न शुभकामना मन्तव्य दिए ।

 

विभिन्न देशको भात्रीसंगठनहरुको एकीकरण हुने क्रममा कुवेतमा रहेका नेपाली सङ्घीय समाज (नेफेसो) कुवेत र अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) कुवेत बीच पनि एकता गर्दै निर्मल स्याङ्ग्तनको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

 

 

 

नयाँ कार्यसमितिको नामावली

सल्लाहकार समिति….

१) नारायण प्रसाद पोख्रेल

२) राजेन्द्र तामाङ

३) प्रकाश चाम्लिङ

४) सुनिल श्रेष्ठ

४) परशुराम शाह

 

कार्यसमिति….

१) अध्यक्ष -निर्मल कुमार स्याङतान (तामाङ )

२) वरिष्ठ उपाध्यक्ष- रोलबहादुर विश्वकर्मा

३) उपाध्यक्ष – जयनारायण थारु माझी

४) उपाध्यक्ष – अमृत तामाङ

५) उपाध्यक्ष – प्रवीण कुमार महतो

६) उपाध्यक्ष- ……

७) महासचिव- लोक याम्फु (खखुरा किरात)

८) सचिव – आङकाजी शेर्पा (आकाश)

९) सचीव- ऋषिकेश थनदार

१०) सह सचिव – मानसराम  वाहिङ राई

११) प्रवक्ता – राजकुमार वान्तावा राई

१२ ) महिला प्रमुख- ख्रीश्टमाया तामाङ

१३) संगठन विभाग प्रमुख- छिरिङ तामाङ

१३) उप प्रमुख – सन्देश राई

१४) युवा विभाग प्रमुख- उमेश राई

१५) उप प्रमुख – विमल दाहाल

१६) कोषअध्यक्ष- कोमल अधिकारी

१७) सह कोष अध्यक्ष —-

१८) आइटी विभाग प्रमुख – सुसन गौतम

 

सदस्यहरु……

१) कुमार बलामी मगर

२) दशरथ खालीङ राई

३) मीन चाम्लिङ राई

४) माया राई

५) निसान्त कुमार सरदार

६) राजेन्द्र आले मगर

७) केदार सापकोटा

८) सुमन कुवर

९) अनिता खालिङ राई

१०) नबराज खत्री

११) नुन बहादुर विश्वकर्मा

१२) राम कुमार फौजदारी

१३) सन्देश सुनार

१४) अविनाश तामाङ

१५) राधा चौधरी

१६) शुशिला रजावँशी

१७) पदम बहादुर तामाङ(अन्जान)

१८)  राम दयाल राना

१९) दिपक बिष्ट

२०) धर्मेन्द्र कुमार चौधरी

२१) कमल सुनार

२२) धुर्वापति चौधरी

२३) कृष्णा पौडेल