आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

जनकपुरमा ८ सिलिन्डर ग्यास विस्फोट, तीन होटल जले

परदेशी खबर ५ असार २०७६, बिहीबार ०२:३० मा प्रकाशित ( ४ साल अघि) ९६ पाठक संख्या

जनकपुरधाम : सिलिन्डर ग्यास पड्किएर जनकपुरमा बिहीबार बिहानै आगलागी भएको छ। जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो। आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको थियो। ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको हो। आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।  

गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल गरी  तीन  भोजनालय जलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। ‘होटेलको फ्रिजमा विद्युत सर्ट भइ आगलागी भएको हुन सक्छ,’उपरीक्षक खनालले भने।

जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको सहयोगले तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ।