सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

काठमाडौं । मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नमुना तस्बिर 
हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ । त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन् ।

घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलङ्गवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

अहिले दुवै घाइतेको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पु¥याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए ।

यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनी पढ्नुहोस्, सर्लाहीमा आफनै घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ३ बस्ने राकेश गुप्ताको १६ वर्षिया छोरी सपना गुप्ता रहेकी छिन ।

मंगलबार दिउसो १२ बजे लुगा सुकाउन छतको छेउमा जादा गर्र्मीले गर्दा फेन्ट भएर दुइ तल्ले छतमा लडेको हुन सक्ने मृत्कको अभिभावक राकेश गुप्ताले जनाए ।

छतमा घेरा नगरेकोले यस्तो अवस्था आएको मृत्क किशोरीको परिवारले जनाए । आफनै घरको दुईतल्ले छतबाट लडि गम्भिर घाईते भएपछि उपचारको लागि जिल्ला अस्पतालमा ल्याउँदा उनको

उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको अस्पतालका इमरजेन्सी ईन्चार्ज नथुनी महतोले बताए ।






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस